काठमाडौँ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता विष्णुप्रसाद पौडेलले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । जारी ११औं राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष पदका उम्मेदवार रहेका पौडेलले सामाजिक सञ्जालमार्फत यस्तो धारणा राखेका हुन् ।
महाधिवेशन नेतृत्व छनौटको महत्वपूर्ण क्षणमा आइपुगेको उल्लेख गर्दै उनले पार्टीलाई जनतासँग जोड्न प्रभावकारी नेतृत्वको आवश्यकता औंल्याएका छन् ।
उनले भनेका छन्, ‘पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन हाम्रा नीति र कार्यक्रमहरूलाई बलियो, सशक्त, अनुशासित र गतिशील संगठनमार्फत जनतासँग जोडिन नेतृत्वले प्रभावकारी र सन्तुलित भूमिका निर्वाह गर्नु पर्दछ ।’
नेता पौडेलले सामाजिक सञ्जालमार्फत नै महाधिवेशन प्रतिनिधिहरूसँग आफूलाई उपाध्यक्ष पदमा मत दिएर विजयी गराउन आग्रह समेत गरेका छन् । एमाले महाधिवेशनमा पौडेल अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट उपाध्यक्षको उम्मेदवार बनेका छन् ।