२७ औं पोखरा सडक महोत्सव २०८२ पौष १३ गतेदेखि हुने

Author

सजिलो पत्रिका

२०८२ मंसिर २९, सोमबार

10
Share
Featured
  • २७ औं पोखरा सडक महोत्सव २०८२ पौष १३–१७ सम्म फेवा ताल किनार लेकसाइडमा आयोजना हुनेछ।
  • सांस्कृतिक झाँकी, परम्परागत नृत्य, राष्ट्रिय–अन्तर्राष्ट्रिय परिकार र लाईभ कन्सर्ट मुख्य आकर्षण हुन्।
  • बोट रेस, खेलकुद, टक शो, वृत्तचित्र र फोटो प्रदर्शनीसमेत समावेश छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

२७ औं ‘पोखरा सडक महोत्सव २०८२’ यहि पौष १३ देखि १७ गत्तेसम्म हुने भएको छ । जनकपुरधाममा सोमबार पत्रकारसम्मेलन गर्दै आयोजक संस्था रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेबान) पोखराले विगत २६ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको पोखरा सडक महोत्सवलाई यस वर्ष पनि थप उत्साहका साथ आयोजना गर्न लागेको जानकारी दिएको छ ।

महोत्सव फेवा तालको किनार लेकसाइडको करिब साढे तीन किलोमिटर क्षेत्रमा हुने आयोजक संस्था रेबानले जनाएको छ । यस वर्ष महोत्सवको मुख्य आकर्षणका रुपमा नेपालका विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक झाँकी, मौलिक भेषभुषा र परम्परागत नृत्यहरुको प्रदर्शन रहेको छ । त्यस्तै सडकमै खाऔं भन्ने नारालाई सार्थक पार्दै सडकमै राष्ट्रिय तथा अन्तराष्ट्रिय परिकारहरुको प्रत्यक्ष स्वाद लिन पाईने व्यवस्था महोत्सवमा रहेको छ ।

यसका साथै महोत्सवमा नेपालका ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको लाईभ कन्सर्ट, मौलिक लोकदेक दोहोरी गीत प्रस्तुती पनि हुने आयोजक संस्था रेबानले जानकारी दिएको छ । त्यस्तै, फेवा तालमा बोट रेस, रस्सा कस्सी र पर्यटकहरुका लागि लक्षित विशेष खेलहरु पनि महोत्सवमा मुख्य आकर्षणको रुपमा रहेको छ ।

साथै पोखराको पर्यटनका अवसर र चुनौतीबारे विज्ञहरुसंग टक शो, पोखराको सौन्दर्य झल्काउने वृतचित्र प्रदर्शन र फोटो प्रदर्शनी पनि आयोजना हुने रेबानले जनाएको छ । रेबानले जनकपुरवासीका साथै यस क्षेत्रमा घुम्न आउने पर्यटकहरुलाई यस महोत्सवमा आउन आग्रह गरेको छ ।

यो समाचारमा

काठमाडौँपोखरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    Data is loading...

    Loading brands...

    Loading footer...