मधेशका अधिकांश पुल निर्माण अलपत्र, पदमा रहे वा नरहे पनि खबरदारी गर्छु : मन्त्री घिसिङ

Author

सजिलो पत्रिका

२०८२ मंसिर २७, शनिबार

21
Share
Featured
  • रौतहट र सर्लाहीका विभिन्न स्थानमा पुल निर्माण ढिलाइ हुँदा स्थानीय बासिन्दा वर्षौँदेखि सास्ती भोग्न बाध्य छन्।
  • बागमती नदीका दुई पुल र गैंडाटार चाँदी पुल लामो समयदेखि अलपत्र, ठेक्का र म्याद पटक–पटक थपिँदा पनि प्रगति न्यून।
  • मन्त्री कुलमान घिसिङले पुल निरीक्षण गर्दै शीघ्र निर्माणको आवश्यकता औँल्याए, स्थानीयले तत्काल काम सुरु गर्न माग गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मधेश प्रदेशका रौतहटसर्लाहीका विभिन्न ठाउँमा पुल समयमै निर्माण नहुँदा त्यस क्षेत्रका बासिन्दा सास्ती व्यहोर्न बाध्य भएका छन् । पुल निर्माणका लागि ठेक्का लगाएता पनि काम हुन नसक्दा पुल निर्माण अलपत्र छ ।

रौतहट र सर्लाही जिल्ला जोड्नका लागि बागमती नदीमा दुईवटा पुल तोकिएको सयमा निर्माण नभइ अलपत्र हुँदा यात्रुहरु वर्षौंदेखि जोखिमपूर्ण एवम् कष्टकर यात्रा गर्न बाध्य छन् । जनजीवन प्रभावित भएको छ । दुवै पुलले सर्लाही र रौतहट मात्र नभए पर्सा, बारा, रौटहटलाई मधेश प्रदेशको राजधानी जनकपुरलाई जोड्ने छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले शुक्रबार साँझ पुल निरीक्षण गरी निर्माण प्रगतिका बारेमा जानकारी लिए । पुल नहुँदा बेहोर्नु परेको समस्याका विषयमा स्थानीयसँग छलफल गरे ।

पुल नबन्दा आम जनताको हरेक दिन बहोरिरहेको समस्या देख्दा आफूलाई दुःख लागेको उल्लेख गर्दै मन्त्री घिसिङ आफू मन्त्री पदमा रहे या नरहेपनि खबरदारी गरिरहने बताए । स्थानीयले पुल तत्काल निर्माण सम्पन्न गर्न आग्रह गरेका थिए ।

रौतहटको दुर्गा भगवती गाउँपालिका र सर्लाहीको रामनगर गाउँपालिका जोड्ने बागमती नदी (गंगा पिपरा) जोड्ने सात सय मिटर लामो पुल अलपत्र छ । पुल निर्माणका लागि असार २०७३मा टुण्डी—रसुवा—पप्पु संयुक्त उपक्रम (जेभी)सँग ८६ करोड ३७ लाख रुपैयाँ (कर सहित)मा ठेक्का सम्झौता भएको थियो ।

पछिल्लो पटक थपिएको ठेक्का समझौताको म्याद बमोजिम पुल निर्माण १३ कात्तिक २०८३ भित्र सम्पन्न गर्नुपर्ने छ । गत वर्षको असोजमा बागमती नदीमा आएको बाढीले पुलको एक स्पान र एक जग (फाउन्डेसन) बगाएको छ ।

पुलको निर्माण भौतिक प्रगति ८० प्रतिशत छ । हुलाकी राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती (बडरवा) ६३४ मिटर लामो पुल निर्माणका लागि सुरुमा जेठ २०६७मा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो ।

साढे १२ वर्ष बितिसक्दा पनि पुल निर्माण हुन सकेको छैन । निर्माण व्यवसायीले काम गर्न नसकपछि पुरानो ठेक्का तोडी वैशाख २०७९मा ६५ करोड १६ लाखमा नयाँ ठेक्का लगाइएको थियो । साढे दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएकोमा हाल निर्माण प्रगति २० प्रतिशत मात्र छ ।ठेक्काको म्याद चैत २०८३ सम्म थपिएको भएता पनि निर्माण व्यवसायी निर्माणस्थलमा परिचालित भएको छैन ।

त्यस्तो रौतहटको चपुरबाट उत्तरतर्फस्थित गैंडाटार चाँदी पुल १० वर्षदेखि निर्माण अलपत्र छ । मकवानपुरको बकैया गाउँपालिका जोड्दै धरान—चतरा—हैंटौडा सडक खण्डसँगसमेत जोड्न समेत प्रयोग हुने पुल तीन पटक म्याद थएिता पनि अझै निर्माण सम्पन्न हुन सकेको छैन । पुल निर्माण तत्काल सम्पन्न गर्न स्थानीयले अनशनलगायतका विभिन्न विरोधका कार्यक्रम गरेका थिए । पुल निर्माणको ठेक्का पप्पु—शिवशंकर जेभीले पाएको थियो ।

यो समाचारमा

बागमती नदीमधेश प्रदेशकाठमाडौँरौतहट
सर्लाही8 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...