मुस्ताङमा हिउँ चितुवाको आक्रमणले १९ वटा भेडा–च्याङ्ग्रा मारिए

Author

सजिलो पत्रिका

२०८२ मंसिर २६, शुक्रबार

16
Share
Featured
  • मुस्ताङको मार्फामा हिउँ चितुवा गोठमा पसेर १६ भेडा र ३ च्याङ्ग्रा मारिदिँदा करिब ५.७ लाख रुपैयाँको क्षति भयो।
  • बिहान ४ बजे गतिविधि नदेखिएकाले चितुवा गोठभित्र प्रवेश गर्न सफल भएको स्थानीयले बताए।
  • यस्ता आक्रमण रोक्न गोठ सुरक्षा, फक्स–लाइट जडान र निगरानी बढाउन विशेषज्ञहरूले सुझाव दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–२, मार्फास्थित सन्तोष परियारको गोठमा हिउँ चितुवा पसेर एकै रातमा ठूलो क्षति पुर्याएको छ।

परियारका अनुसार गोठमा रहेका ४५ वटा भेडा–च्याङ्ग्रा मध्ये १६ वटा भेडा र ३ वटा च्याङ्ग्रा हिउँ चितुवाको आक्रमणमा परेर मारिएका छन्।

गोठभित्रै भएको यो आक्रमणसँगै करिब रु ५,७०,००० बराबरको आर्थिक क्षति भएको उनले बताए ।

करिब बिहान ४ बजे गोठ वरपर कुनै गतिविधि नदेखिएकाले हिउँ चितुवा सहजै भित्र पस्न सफल भएको मार्फाका स्थानिय सुरेन्द्र हिराचनले बताए ।

स्थानीयहरूका अनुसार पछिल्ला वर्षहरूमा पहाडी–हिमाली क्षेत्रमा हिउँ चितुवाद्वारा घरेलु पशुमा आक्रमण बढ्दो छ ।

यस्ता घटनाबाट बच्न गोठ सुरक्षाको सुदृढ व्यवस्था, फक्स लाईट जडान र कृषक तथा गोठालाको निगरानी आवश्यक रहेको नागरिक वैज्ञानिक मिलन विकले सुझाव दिए ।

यो समाचारमा

घरपझोङ गाउँपालिकाहिउँ चितुवाभेडाकाठमाडौँ
मार्फा5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    Data is loading...

    Loading brands...

    Loading footer...