प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Author

सजिलो पत्रिका

२०८२ मंसिर २६, शुक्रबार

15
Share
Featured
  • अख्तियारले बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
  • उनीहरूलाई खाली जग्गामा घर भएको झुटो कागजात बनाएर बैंकबाट ३३ लाख ७५ हजार रुपैयाँ ऋण निकालिएको आरोप छ।
  • अख्तियारका अनुसार गाउँपालिकाका कर्मचारीहरूको मिलेमतोमा नक्कली नक्सा र कागजात तयार गरी पदको दुरुपयोग गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

खाली जग्गामा घर भएको भनी नक्कली कागजात बनाएर बैंकबाट ऋण लिएको आरोपमा प्रमुख प्रशासकीय अधिकृत जोशी, सवइन्जिनियर जय कुँवर, असिस्टेन्ट सवइन्जिनियर तेजबहादुर सुनार र जग्गाधनी शान्ति नाथविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।

अख्तियारका अनुसार, जग्गाधनी शान्ति नाथले आफ्नो खाली जग्गामा घर भएको भनी गाउँपालिकाका कर्मचारीहरूसँगको मिलेमतोमा नक्सा पास लगायतका गलत कागजात तयार पारेका थिए । सोही नक्कली कागजातका आधारमा उनले लक्ष्मी सनराइज बैंकबाट दुई पटक गरी कुल ३३ लाख ७५ हजार रुपैयाँ ऋण लिएको अनुसन्धानबाट खुलेको छ ।

कर्मचारीहरूले पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरेको अख्तियारको दाबी छ ।

यो समाचारमा

कञ्चनपुर जिल्लाकाठमाडौँअख्तियार दुरुपयोग अनुसन्धान आयोगबेलडाँडी गाउँपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    डोटीदेखि कालिकोटसम्म पहिरोको वितण्डा, प्रकोप न्यूनीकरणको कार्ययोजना ल्याउन सांसदहरूको माग

    काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकको आकस्मिक समयमा भाग लिने सांसदहरूले विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रणमा ध्यान दिई जनताको जीउधनको रक्षा गर्न सरकारसँग माग गरे ।सांसद करिश्मा कठरियाले डोटीको सायाल गाउँपालिकामा पहिरोका कारण जनजीवन अस्तव्यवस्थत भएको तथा उद्धारकार्य जारी रहे पनि प्रकोपको जोखिम उच्च रहेको उल्लेख गर्दै प्रभावित परिवारलाई सुरक्षित स्थानमा

    Data is loading...

    Loading brands...

    Loading footer...