हिमाल भएर नै प्राकृतिक हिसावले हाम्रो भूमि बाच्न योग्य छ : ओली

Author

सजिलो पत्रिका

२०८२ मंसिर २५, बिहिबार

21
Share
Featured
  • ‘नेपालमा पर्यटन: अवस्था, चुनौती र सम्भावना’ कृति लोकार्पण बिहीबार विशेष समारोहका बीच भएको छ।
  • केपी शर्मा ओलीले वातावरण संरक्षण, हिमालयको महत्व र नेपालको प्राकृतिक सम्पदाको चर्चा गर्दै कृतिको सन्देश प्रस्तुत गरे।
  • उनले हिमाल, नदी, ताल–तलैया, वनजंगलले नेपालको भू–भाग जीवनयोग्य बनाएको उल्लेख गर्दै प्राकृतिक संरक्षणको आवश्यकता जोड दिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

‘नेपालमा पर्यटन : अवस्था, चुनौती र सम्भावना’ शीर्षकको कृति बिहीबार एक विशेष समारोहका बीच लोकार्पण गरिएको छ ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले कृतिसम्बन्धी धारणा राख्दै वातावरण संरक्षण, हिमालयको महत्व र नेपालको प्राकृतिक विशेषतामाथि प्रकाश पारे ।

समारोहमा बोल्दै ओलीले सगरमाथा संवादमार्फत नेपालले विश्वको ध्यान वातावरण संरक्षणतर्फ आकर्षित गर्न सफल भएको उल्लेख गरे ।

उनले भने, ‘वातावरणको संरक्षणका लागि नै हामीले सगरमाथा संवाद गर्यौं । हामीसँग हिमाल छ, र यसको महत्व बुझ्नुपर्छ । वातावरणका लागि हिमालको संरक्षण असाधारण महत्वको छ ।’

ओलीले हिमाल, नदी, ताल–तलैया, वनजंगलजस्ता प्राकृतिक सम्पदाले नै नेपालको भू–भागलाई जीवनयोग्य बनाएको बताए । उनले भने, ‘हिमाल नभएको भए नेपाल पनि मरुभूमी हुनसक्थ्यो । वातावरण कुनै एक ठाउँमा मात्र सुरक्षित भएर अर्थपूर्ण हुँदैन । हिमाल छ र नदीहरु छन्, हिमाल छ र तालतलैया छ, हिमाल छ र वनजंगल छ, हिमाल भएर नै प्राकृतिक हिसावले हाम्रो भूमि बाच्न योग्य छ । नत्र भने नेपाल पनि एउटा मरुभूमि देश हो । वातावरण एक ठाउँमा लागि मात्रै अर्थपूर्ण हुँदैन ।’

यो समाचारमा

काठमाडौँखड्गप्रसाद शर्मा ओलीनेपाल कम्युनिष्ट पार्टी (एमाले)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...