‘पर्यावरण संरक्षण नेपाल जस्तो अल्पविकसित देशको लागि महत्वपूर्ण हुन्छ’

Author

सजिलो पत्रिका

२०८२ मंसिर २५, बिहिबार

14
Share
Featured
  • प्रचण्डले नेपाल ८०% भन्दा बढी पर्वतीय भूभाग भएको र जलवायु परिवर्तनका जोखिमको अग्रपंक्तिमा रहेको बताउँदै हिमनदी पग्लनु र नदीप्रवाहको अस्थिरताले करोडौँ मानिस प्रभावित भएको उल्लेख गरे।
  • उनले यो संकट विकसित देशहरूको उच्च कार्बन उत्सर्जनको परिणाम भएको र जलवायु न्यायको माग आजको मुख्य आवश्यकता भएको बताए।
  • प्रचण्डले पर्वत संरक्षण, जलवायु अनुकूलन र न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय कोष सुनिश्चित गर्न नेपालले निरन्तर आवाज उठाइरहेको बताए र विश्व पर्वत दिवसले नयाँ ऊर्जा प्रदान गर्ने बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ८० प्रतिशतभन्दा बढी भूभाग पर्वतीय रहेको र हिमालयको काखमा अवस्थित देश नेपाल जलवायु परिवर्तनले सिर्जना गरेका जोखिमहरूको अग्रपङ्क्तिमा रहेको बताएका छन् ।

बिहिबार २३औँ विश्व पर्वत दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले हिमनदी पग्लनु, नदीहरूको जलप्रवाहमा आएको अस्थिरता र करोडौँ मानिसहरूको जीवनमा पैदा भएको जोखिम आजको यथार्थ भएको भन्दै अल्पविकसित राष्ट्रहरूले भोगिरहेको यो पीडा विकसित देशहरूको उच्च कार्बन उत्सर्जनको प्रत्यक्ष परिणाम रहेको बताए ।

उनले भने, ‘यस वर्षको विषयवस्तु “हिमनदीहरूले जल, खाद्यान्न र जीविकोपार्जनका लागि महत्त्व राख्छन्” ले जलवायु सङ्कटको गम्भीरता झनै प्रस्ट पारेको छ । ८० प्रतिशतभन्दा बढी भूभाग पर्वतीय रहेको र हिमालयको काखमा अवस्थित हाम्रो देश जलवायु परिवर्तनले सिर्जना गरेका जोखिमहरूको अग्रपङ्क्तिमा छ । हिमनदी पग्लनु, नदीहरूको जलप्रवाहमा आएको अस्थिरता र करोडौँ मानिसहरूको जीवनमा पैदा भएको जोखिम आजको यथार्थ हो । अल्पविकसित राष्ट्रहरूले भोगिरहेको यो पीडा विकसित देशहरूको उच्च कार्बन उत्सर्जनको प्रत्यक्ष परिणाम हो, जुन जलवायु न्यायको प्रश्नसँग गाँसिएको छ ।’

यस्तै, उनले पर्वतहरू सुरक्षित नभएसम्म दीर्घकालीन समृद्धि र स्थिरताको कल्पना गर्न नसकिने भन्दै पर्वत संरक्षण, जलवायु अनुकूलन र न्यूनीकरणका लागि आवश्यक कोष सुनिश्चित गराउन नेपालले निरन्तर अन्तर्राष्ट्रिय समुदायमा अपील गर्दै आएको बताए ।

उनले भने, ‘पर्वत संरक्षण, जलवायु अनुकूलन र न्यूनीकरणका लागि आवश्यक कोष सुनिश्चित गराउन नेपालले निरन्तर अन्तर्राष्ट्रिय समुदायमा अपील गर्दै आएको छ । पर्वतहरू सुरक्षित नभएसम्म दीर्घकालीन समृद्धि र स्थिरताको कल्पना गर्न सकिँदैन भन्ने हाम्रो आवाज स्पष्ट राख्दै आएका छौं । अल्पविकसित राष्ट्रहरूको चासोलाई प्राथमिकतामा राख्नु आजको अनिवार्य आवश्यकता हो ।’

विश्व पर्वत दिवसले पर्यावरण संरक्षण, पर्वतीय पारिस्थितिकीको दीर्घकालीन सुरक्षा र जलवायु न्यायका लागि सबैलाई नयाँ ऊर्जा र सङ्कल्प प्रदान गर्ने पनि उनको भनाई छ ।

यो समाचारमा

नेपाली कम्युनिष्ट पार्टीपुष्पकमल दाहालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    अन्तरिम आदेशको गलत व्याख्या गरेको भन्दै सम्पत्ति आयोगविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौं । सम्पत्ति जाँचबुझ आयोगका अध्यक्ष तथा सदस्यहरूले सर्वोच्च अदालतको अन्तरिम आदेश उल्लंघन गरेको उल्लेख गर्दै अदालतको अवहेलना निवेदन दर्ता भएको छ ।अधिवक्ता डा. प्रेमराज सिलवालले यही असार २६ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले गरेको आदेशको पूरै प्रतिकूल हुनेगरी सम्पत्ति छानबिन आयोगले यही असार

    Data is loading...

    Loading brands...

    Loading footer...