दक्षिण कोरियाको हवाई रक्षा क्षेत्रमा चीन–रूसका युद्धविमान प्रवेश, सिओलको कडा विरोध

Author

सजिलो पत्रिका

२०८२ मंसिर २५, बिहिबार

22
Share
Featured
  • चीन र रूसका नौ युद्धविमान दक्षिण कोरियाको हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेपछि सिओलले लडाकु विमान उडाएर आपतकालीन तयारी गर्यो।
  • विमानहरूले सार्वभौम हवाई क्षेत्र उल्लङ्घन भने गरेनन्, तर दक्षिण कोरियाले दुवै देशका रक्षा प्रतिनिधिसँग औपचारिक विरोध दर्ता गर्यो।
  • रुसका विमान डोक्डो नजिक र चीनका विमान इओदो क्षेत्रमा प्रवेश गरेका थिए, यी क्षेत्र दक्षिण कोरिया, जापान र चीनबीच विवादित मानिन्छन्।
  • चीनले यो उडानलाई रूससँगको वार्षिक संयुक्त गस्तीको भाग बताएको छ, जबकि रूसले दक्षिण कोरियाको हवाई रक्षा पहिचान क्षेत्रलाई मान्यता नदिने बताउँदै आएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा चीनरूसका युद्धविमान प्रवेश भएको भन्दै दुवै देशका रक्षा प्रतिनिधिसँग कडा विरोध जनाएको छ। मंगलबार सात रुसियन र दुई चिनियाँ विमान उक्त क्षेत्रमा “केही समयका लागि” प्रवेश गरेपछि सिओलले आपतकालीन तयारीका लागि लडाकु विमान परिचालन गरेको थियो। यद्यपि ती विमानहरुले दक्षिण कोरियाको सार्वभौम हवाई सीमा उल्लङ्घन भने गरेका थिएनन्।

कोरियाली अधिकारीका अनुसार रुसका विमान उलुङ्ग टापु र डोक्डो नजिक प्रवेश गरे भने चीनका विमान इओदो क्षेत्रमा देखिएका थिए। पछि दुवै देशका विमान जापानको त्सुसिमा टापु नजिक पुनः एकत्रित भएको जानकारी दिइएको छ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले अन्तर्राष्ट्रिय कानुनअनुसार  हवाई रक्षा पहिचान क्षेत्रमा छिमेकी देशका गतिविधिहरूलाई “सक्रिय रूपमा जवाफ दिने” बताएको छ। डोक्डो टापुमाथि दक्षिण कोरिया, जापान र उत्तर कोरियाबीच दाबी रहँदै आएको छ, जबकि इओदो क्षेत्र दक्षिण कोरिया र चीनबीच कूटनीतिक विवादको विषय बनेको छ।

चीनले भने रूससँग संयुक्त हवाई गस्ती गरेको पुष्टि गर्दै यसलाई “वार्षिक सहकार्य कार्यक्रम” को हिस्सा बताएको छ, जसले क्षेत्रीय चुनौतिहरू सम्बोधन गर्न मद्दत गर्ने दाबी गरेको छ। २०१९ पछि चीन र रूसका विमानहरू प्रायः यस्ता सैन्य अभ्यासका क्रममा दक्षिण कोरियाको रक्षा पहिचान क्षेत्रमा पूर्वसूचना बिना प्रवेश गर्ने गरेका छन्। रूसले  हवाई रक्षा पहिचान क्षेत्रलाई “एकतर्फी रूपमा घोषणा गरिएको क्षेत्र” भन्दै मान्यता दिन अस्वीकार गरेको छ।

यो समाचारमा

चीनरूसदक्षिण कोरियाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    Data is loading...

    Loading brands...

    Loading footer...