दाङमा बस दुर्घटना हुँदा २२ जना घाइते

Author

सजिलो पत्रिका

२०८२ मंसिर २५, बिहिबार

16
Share
Featured
  • दाङको लमहीमा आज बिहान ना ८ ख ७४५५ नम्बरको यात्रुबस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।
  • बसको पट्टा भाँचिएपछि अनियन्त्रित भएर सडकबाट करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ।
  • सबै घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूको उपचार लमही अस्पतालमा भइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

दाङको लमहीमा आज (बिहीबार) बिहान बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् ।

डडेलधुराबाट काठमाडौंका लागि छुटेको ना ८ ख ७४५५ नम्बरको बस बिहान करिब ३ बजे लमही नगरपालिका-१ स्थित कोडिया पुल नजिक दुर्घटनामा परेको हो ।

लमही प्रहरीका अनुसार, बसको पट्टा भाँचिएपछि अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो ।

दुर्घटनामा घाइते भएका सबै २२ जनाको अवस्था सामान्य रहेको र उनीहरूको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचारमा

दाङकाठमाडौँडडेलधुरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    अन्तरिम आदेशको गलत व्याख्या गरेको भन्दै सम्पत्ति आयोगविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौं । सम्पत्ति जाँचबुझ आयोगका अध्यक्ष तथा सदस्यहरूले सर्वोच्च अदालतको अन्तरिम आदेश उल्लंघन गरेको उल्लेख गर्दै अदालतको अवहेलना निवेदन दर्ता भएको छ ।अधिवक्ता डा. प्रेमराज सिलवालले यही असार २६ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले गरेको आदेशको पूरै प्रतिकूल हुनेगरी सम्पत्ति छानबिन आयोगले यही असार

    Data is loading...

    Loading brands...

    Loading footer...