एनपीएलमा आज लुम्बिनी र विराटनगर भिड्दै

Author

सजिलो पत्रिका

२०८२ मंसिर २५, बिहिबार

18
Share
Featured
  • दोस्रो क्वालिफायरमा आज साँझ ४ बजे लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दैछन्; विजेता फाइनलमा पुग्नेछ।
  • विराटनगरले पहिलो क्वालिफायरमा हारेर र लुम्बिनीले इलिमिनेटर जितेर यस चरणमा स्थान बनाएका हुन्।
  • लिग चरणमा लुम्बिनीले विराटनगरलाई हराएको थियो, र आजको विजेता टोलीले फाइनलमा सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ (फाइनल मंसिर २७)।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौँमा जारी नेपाल प्रिमियर लिग(एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा बिहीबार अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दैछन् ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो । लुम्बिनीले इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुग्न सफल भएको छ ।

लिग चरणमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको हो । आजको खेलमा विजयी हुने टोली फाइनलमा पुग्ने भएकाले दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण छ । विजयी टोली उपाधिका लागि सुदूरपश्चिमसँग सामना गर्नेछ । फाइनल खेल यही मङ्सिर २७  गते हुनेछ ।

यो समाचारमा

नेपाल प्रिमियर लिगकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वीटजरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

    काठमाडौँ।विश्व च्याम्पियन अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान कान्सास सिटी स्टेडियममा भएको रोमाञ्चक क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना अन्तिम चारमा पुगेको हो।निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अर्जेन्टिनाका लागि १० औँ मिनेटमा एलेक्सिस

    Data is loading...

    Loading brands...

    Loading footer...