फिनटेक अलायन्स नेपालद्वारा ‘नेपाल फिनटेक एक्स्पो २०२६’ को औपचारिक घोषणा

Author

सजिलो पत्रिका

२०८२ मंसिर २४, बुधबार

19
Share
Featured
  • नेपाल फिनटेक एक्स्पो २०२६ नेपालकै पहिलो पूर्ण फिनटेक–केन्द्रित प्रदर्शनी हुनेछ, जुन जनवरी २–३, २०२६ मा ललितपुरको हेरिटेज गार्डेनमा आयोजना हुने छ।
  • एक्स्पोमा डिजिटल फाइनान्स, बैंकिङ प्रविधि, ब्लकचेन, कृत्रिम बुद्धिमत्ता, साइबर सुरक्षा लगायतका नवप्रवर्तनात्मक फिनटेक समाधान प्रस्तुत गरिनेछ, र ४,००० भन्दा बढी सहभागी, ६० भन्दा बढी स्ट्यान्ड, स्टार्टअप डेमो जोन र अनुभवात्मक फिनटेक शोकेस रहनेछन्।
  • उद्देश्य डिजिटल अर्थतन्त्र विस्तार, बैंकिङ–टेक साझेदारी सुदृढ पार्न र स्थानीय प्रविधि तथा इनोभेटरलाई प्रदर्शनको अवसर दिने रहेको आयोजकले जनाएको छ।
समाचार सारांशGenerated using AI.


फिनटेक अलायन्स नेपालले नेपालकै पहिलो तथा सबैभन्दा ठूलो फिनटेक–केन्द्रित प्रदर्शनी ‘नेपाल फिनटेक एक्स्पो २०२६’ आयोजना गर्ने घोषणा गरेको छ । उक्त औपचारिक घोषणा बुधबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको हो । एक्स्पो आगामी २०२६ जनवरी २ र ३ (पौष १८ र १९), शुक्रबार र शनिबारका दिन ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुनेछ ।

‘टेक इनोभेटरलाई भेट्न बैंक र वित्तीय संस्थाहरूको लागि साझा प्लेटफर्म’ भन्ने नाराका साथ आयोजना हुँदै गरेको यो एक्स्पो नेपालमा पहिलो पटक पूर्ण रूपमा फिनटेक–केन्द्रित भव्य मेला हुने आयोजकले जनाएको छ ।

डिजिटल फाइनान्स, भुक्तानी प्रणाली, बैंकिङ प्रविधि, इम्बेडेड फाइनान्स, साइबर सुरक्षा, क्लाउड बैंकिङ, कृत्रिम बुद्धिमत्ता ब्लकचेन र उदीयमान प्रविधिहरूलाई एउटै छानामुनि ल्याउनु एक्स्पोको मुख्य उद्देश्य रहेको छ ।

दुई दिनसम्म चल्ने एक्स्पोमा ४,००० भन्दा बढी सहभागीहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ । सहभागीमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, लगानी तथा पुँजी बजारका प्रतिनिधि, आईटी तथा सफ्टवेयर कम्पनी, फिनटेक तथा टेक स्टार्टअप, सरकारी तथा नियामक निकाय, दातृ निकाय, अन्तर्राष्ट्रिय प्रतिनिधि तथा सम्भावित लगानीकर्ता रहनेछन् ।

एक्स्पोमा ६० भन्दा बढी स्ट्यान्डर्ड बूथ, स्टार्टअप डेमो जोन, टेक कम्युनिटी जोन, अनुभवात्मक फिनटेक शोकेस र उद्योग–केन्द्रित ज्ञान–सत्रहरूको व्यवस्था गरिएको छ । टेक कम्युनिटीका लागि ‘फस्ट–कम, फस्ट–सर्भ’ आधारमा निःशुल्क टेबल उपलब्ध गराइनेछ, जसले स्थानीय प्रतिभा तथा इनोभेटरलाई आफ्नो प्रविधिमूलक काम प्रदर्शन गर्ने अवसर दिनेछ ।

कार्यक्रममार्फत डिजिटल ट्रान्सफर्मेसन, नेक्स्ट–जेन पेमेंट टेक्नोलोजी, क्रेडिट स्कोरिङ, डेटा एनालिटिक्स, फन्ड म्यानेजमेन्ट, साइबर रेसिलिएन्स, फाइनान्सियल इन्क्लूजन, एम्बेडेड फाइनान्स, डिजिटल लेंडिङ तथा भुक्तानी प्रणाली विस्तार जस्ता विषयमा गहन छलफल तथा अनुभव आदान–प्रदान गरिनेछ । यसले उद्योगका प्रमुख नेतृत्व, इनोभेटर, नीति निर्माता तथा सेवा प्रदायकबीच सहकार्य बढाउने फिनटेक अलायन्स नेपालको भनाइ छ ।

प्रवेश टिकट सामान्यका लागि रु. १०० र विद्यार्थीका लागि रु. ५० तोकिएको छ । फिनटेक उद्योगलाई एकीकृत गर्दै घरेलु प्रविधि र सेवालाई प्रोत्साहन गर्ने, बैंकिङ–टेक साझेदारी सुदृढ बनाउने तथा नेपालको डिजिटल अर्थतन्त्रलाई दिगो रूपमा विस्तार गर्ने उद्देश्य यस एक्स्पोको मूल प्रेरणा रहेको आयोजकले जनाएको छ ।

यो समाचारमा

ललितपुरकृत्रिम बुद्धिमत्ताकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...