मानसिक स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेका छौः स्वास्थ्य मन्त्री गौतम

Author

सजिलो पत्रिका

२०८२ मंसिर २४, बुधबार

24
Share
Featured
  • स्वास्थ्य मन्त्री डा. सुधा शर्मा गौतमले मानसिक स्वास्थ्यलाई मन्त्रालयको उच्च प्राथमिकतामा राखिएको र अब यसलाई प्रमुख एजेन्डाका रूपमा अघि बढाइएको बताइन्।
  • विगतमा नीति र रणनीति भए पनि कार्यान्वयन सुस्त र स्रोत सीमित भएकोले हाल विविध पहलहरू, मनोसामाजिक परामर्श, हटलाइन सेवा र अन्य सहयोगात्मक कार्यक्रमहरू सक्रिय बनाइएको छ।
  • उनले नीतिहरू प्रभावकारी भए पनि प्रचार–प्रसार कमजोर रहेको उल्लेख गर्दै अब त्यसको व्यापक जागरूकता र सेवा सुनिश्चित गर्ने तयारी भइरहेको जानकारी दिइन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले मन्त्रालयले मानसिक स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखिएको बताएकी छन् ।

बुधबार आयोजित स्वस्थ मन, स्वस्थ जीवन : मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ नामक कार्यक्रममा बोल्दै उनले मन्त्रालयले मानसिक स्वास्थ्यलाई अब शीर्ष स्थानमा राखिएको बताएकी हुन् ।

उनले भनिन, ‘अहिले हामीले के गरिरहेका छौ भने त्यसलाई यो प्राथमिकताको विषय हो भनेर स्थापित गर्यौ । अहिले आएर कसैले पनि मानसिक स्वास्थको गहनता यसको आवश्यकता नबुझेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा कोही छैन । र अन्य साझेदारी निकायमा पनि पून यसले प्राथमिकता स्थापित गर्ने मौका पाएको छ ।’

मन्त्री गौतमले मानसिक स्वास्थ्यका नीति तथा रणनीतिहरू विगतदेखि नै रहे पनि त्यसको कार्यान्वयन गति अत्यन्तै सुस्त र स्रोत सीमित रहेकाले अब यसलाई प्रमुख एजेन्डाका रूपमा अघि बढाइएको बताइन् ।

‘हामीले मानसिक स्वास्थको क्षेत्रमा गरेका कामहरु भन्छु है, हामीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्र्तगतका विभिन्न कार्यक्रमहरुमा मानसिक स्वास्थका नीति र रणनीतिहरु, कार्यक्रमहरु नभएका हैनन् । तर तिनीहरुको गति एकदम सुस्त र त्यसको लागि स्रोतहरु एकदमै कम भईरहेको अवस्था छ,’ उनले भनिन् ।

उनले मानसिक स्वास्थ्यसम्बन्धी सरकारी नीतिहरू पर्याप्त र प्रभावकारी भए पनि ती नीतिको प्रचार–प्रसार कमजोर रहेको बताइन् । साथै, उनले यसका लागि हाल विविध पहलहरू अघि बढाइएका र मनोसामाजिक परामर्श उपलब्ध गराउन हटलाइन सेवा सञ्चालनदेखि अन्य सहयोगात्मक कार्यक्रमहरूमा समेत सम्बन्धित टोली सक्रिय रूपमा सहभागी भइरहेको जानकारी दिइन् ।

‘हाम्रा नीतिहरु राम्रा थिए तर त्यसको प्रचारका कुरा राखेका थिएन् । हाम्रा साथिहरुले त्यसको प्रचारको लागि मनोसामाजिक परामर्श दिनका लागि हटलाइनलाई सुचारु गर्नेदेखि अन्य कामहरुमा लागिरहनु भएको छ,’ उनले भनिन् ।

यो समाचारमा

डा. सुधा शर्मा गौतमकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

    चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२ हजार ९४७ भुक्तानी पाएको छ । बिमा गरेका सेवाग्राहीसँग अस्पतालले असुल गर्नुपर्ने उक्त रकम बिमा बोर्डले उपलब्ध गराएको हो ।  स्वास्थ्य संस्थाका बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेल उपचारवापत अझै रु ३६ करोड असुल हुन बाँकी रहेको जानकारी दिए ।  संस्थाले विसं २०७४

    Data is loading...

    Loading brands...

    Loading footer...