सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

Author

सजिलो पत्रिका

२०८२ मंसिर २४, बुधबार

18
Share
Featured
  • सोलु हाइड्रोपावरले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि निष्काशन गरेको १० लाख कित्ता आईपीओको बाँडफाँट बुधबार गोलाप्रथामा सम्पन्न भयो।
  • कुल ६२,९६८ आवेदकबाट २१ लाख ८ हजार ८२० कित्ताको माग परेकोमा १० कित्ता गर्ने २०,०६५ जनाले १०–१० कित्ता पाए; १० भन्दा बढी गर्ने मध्ये ३७,०५३ जनाले कुल २०–२० कित्ता प्राप्त गरे।
  • बाँडफाँट सकिएपछि लगानीकर्ताहरूले छिट्टै सी–आस्बा खातामार्फत शेयर प्राप्त गर्नेछन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सोलु हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओको बाँडफाँट बुधबार सम्पन्न गरेको छ ।

कम्पनीले १० करोड रुपैयाँ बराबरको, प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता साधारण शेयर विदेशमा कार्यरत नेपालीहरूका लागि निष्काशन गरेको थियो । उक्त आईपीओका लागि ६२ हजार ९६८ जनाले २१ लाख ८ हजार ८२० कित्ता शेयरका लागि आवेदन दिएका थिए ।

मागभन्दा धेरै आवेदन परेकाले बाँडफाँट गोलाप्रथामार्फत गरिएको हो । बाँडफाँटका अनुसार १० कित्ताका लागि आवेदन दिने २० हजार ६५ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । त्यस्तै, १० कित्ताभन्दा बढीका लागि आवेदन दिने ४२ हजार ८८२ जनामध्ये ३७ हजार ५३ जनाले थप १० कित्ता प्राप्त गर्दै कुल २० कित्ताका दरले शेयर पाएका छन् ।

सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँटपछि अब लगानीकर्ताहरूले केही दिनभित्र सी–आस्बा खातामार्फत शेयर प्राप्त गर्नेछन् ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    १० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने सेबोनको लक्ष्य

    काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी १० वर्षभित्र नेपाली पुँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरको, प्रविधिमैत्री र विविध वित्तीय उपकरणयुक्त बनाउने लक्ष्यसहित ‘नेपालको पुँजी बजार विकास मार्गचित्र–२०८३’ सार्वजनिक गरेको छ।मंगलबार सार्वजनिक गरिएको १२४ पृष्ठको मार्गचित्रले पुँजी बजारलाई बैंकिङ प्रणालीको पूरक मात्र नभई नेपालको आर्थिक विकासको दोस्रो प्रमुख स्तम्भका रूपमा स्थापित

    Data is loading...

    Loading brands...

    Loading footer...