मधेश प्रदेशका मुख्यमन्त्री यादवले २७ गत्ते विश्वासको मत लिने

Author

सजिलो पत्रिका

२०८२ मंसिर २४, बुधबार

40
Share
Featured
  • मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मंसिर २७ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्; आजको मिति कार्यव्यस्तताका कारण सारिएको हो।
  • उनी मंसिर १९ गते कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका थिए र मंसिर २१ गते तीन मन्त्रीसँगै शपथ लिएका थिए।
  • विश्वासको मतपछि मन्त्रालयहरूको बाँडफाँड सम्पन्न गरी बाँकी मन्त्रालयहरूको टुंगो लगाइने मुख्यमन्त्री यादवले बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले मंसिर २७ गते (शुक्रवार) विश्वासको मत लिने भएका छन् । यस अघि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने भनिए पनि उनको कार्य व्यस्तताले मिति सारिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

गत मंसिर १९ गते नेपाली काँग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादव मंसिर २१ गतेका दिन तीन जना मन्त्री सहित पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।

उनीसंगै जनमत पार्टीबाट अर्थमन्त्री महेश यादव, कांग्रेसबाट जंगीलाल राय र नेकपा एसबाट कनिष पटेल विना विभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका थिए । विश्वासको मतपछि मन्त्रालयको बाँडफाँडपछि अन्य मन्त्रालयको टुँगो लगाइने मुख्यमन्त्री यादवले जानकारी दिएका छन् ।

यो समाचारमा

मधेश प्रदेशकाठमाडौँनेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर

    काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार उनलाई दोषी ठहर गर्ने फैसला सुनाएको हो। उनको सजाय भने अर्को पेसीमार्फत निर्धारण गरिने अदालतले जनाएको छ।अहिराजमाथि २०८१ जेठ ४ गते पीडितलाई कोठामा कोही नभएको मौका

    Data is loading...

    Loading brands...

    Loading footer...