६ दिनपछि बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

Author

सजिलो पत्रिका

२०८२ मंसिर २३, मङ्गलबार

20
Share
Featured

काठमाडौँ


साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज परिसूचकमा ७.३९ अंकले बढेर २६१४.०७ अंकमा उक्लीएको छ । अघिल्ला ६ दिन निरन्तर रुपमा घटेको नेप्से परिसुचक आज भने बढेर बन्द भएको हो ।

यसदिन सेन्सेटिभ इण्डेक्स ०.३० अंक, फ्लोट इण्डेक्स ०.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१० अंकले बढेको छ । आजको बजारमा नेप्से बढेपनि करोबार रकमभने घटेको छ ।

सोमबार ४ अर्ब ६६ करोड ९५ लाख रुपैयाँको १ करोड १ लाख ४६ हजार ४०० कित्ता शेयर कारोबार भएको बजारमा यसदिन कुल ३३१ स्टकको ३ अर्ब ७५ करोड ५० लाख २७ हजार रुपैयाँको ८७ लाख ४२ हजार ८४ कित्ता शेयर किनबेच भएको छ । यो किनबेच ६२ हजार ६६५ पटकको कारोबारमा भएको हो ।

यसदिन १४८ स्टकको मूल्य बढ्दा १०१ स्टकको मूल्य घटेको छ भने ९ स्टकको शेयर मूल्य स्थीर रहेको छ । यससिदन तीन कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

स्वस्तीक लघुवित्त, श्रीनगर एग्रिटेक र माथिल्लो मैलुङ खोलाको शेयर मूल्य १० प्रतिशतले बढेको हो । यस्तै, स्वेतगंगा हाइड्रोको शेयर मूल्य पनि प्रतिकित्ता ८.७६ प्रतिशतले बढेर ४१९.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, यसदिन हिमस्टार उर्जा कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै प्रतिकित्ता ३.८८ प्रतिशतले घटेर ९९० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

कारोबार रकमका आधारमा यसदिन नाग्दी ग्रुप पावर लिमिटेड, लक्ष्मी सनराइज बैंक, राधी जलविद्युत कम्पनी र युनिभर्सल पावर कम्पनीको शेयर सबैभन्दा बढी कारोबार भएको छ ।

१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ । यस दिन विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य बढेको हो ।

यो समाचारमा

नेपाल स्टक एक्सचेन्जकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    तीन वर्षभित्र नेपाल वायुसेवा निगमलाई ऋणमुक्त बनाउने कार्यकारी अध्यक्ष श्रेष्ठको प्रतिबद्धता

    काठमाडौँ । नेपाल वायुसेवा निगमका नवनियुक्त कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई आगामी तीन वर्षभित्र ऋणमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।मन्त्रिपरिषद्ले कार्यकारी अध्यक्षसँगै महाप्रबन्धकको जिम्मेवारीसमेत दिने निर्णय गरेपछि श्रेष्ठले निगमलाई चुस्त, मितव्ययी, पारदर्शी र व्यावसायिक संस्थाका रूपमा रूपान्तरण गर्ने योजना सार्वजनिक गरेका हुन् । उनले युरोपमा निगमको सेवा विस्तार गर्दै

    Data is loading...

    Loading brands...

    Loading footer...