सही व्यक्ति सही ठाउँमा नभए विकास सम्भव छैन : मन्त्री घिसिङ

Author

सजिलो पत्रिका

२०८२ मंसिर २३, मङ्गलबार

21
Share
Featured
  • मन्त्री कुलमान घिसिङले रुग्ण ठेक्का व्यवस्थापन र समयमै काम नगर्ने ठेकेदारकै कारण देशको विकास निर्माण अवरुद्ध भएको बताए।
  • उनले ठेक्का प्रणालीको कमजोरीले रोजगारी, अर्थतन्त्र र विकास गतिविधि प्रभावित भएको भन्दै नतिजा नदिने प्रोजेक्ट म्यानेजरदेखि प्रमुखसम्म कारबाही आवश्यक रहेको उल्लेख गरे।
  • सरकारले अब गुणस्तरीय र परिणाममुखी विकासका लागि सम्पूर्ण जिम्मेवार निकायहरूको कडाइका साथ जवाफदेहिता सुनिश्चित गर्ने तयारी रहेको उनले स्पष्ट पारे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले रुग्ण ठेक्का व्यवस्थापनका कारण विकास निर्माण प्रभावित भएको बताएका छन् ।

नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार ललितपुरमा आयोजना गरेको रुग्ण ठेक्का व्यवस्थापनसम्बन्धी सरोकारवालासँगको संवाद कार्यक्रममा बोल्दै मन्त्री घिसिङले देशको विकास रोकिनुको प्रमुख कारण समयमै काम नगर्ने ठेकेदार र कमजोर ठेक्का प्रणाली रहेको बताए ।

मन्त्री घिसिङले भने, ‘ठेक्काअनुसार काम नहुँदा विकास निर्माणमा समस्या परेको छ । ठेकेदारले बेलामा काम नगरिदिँदा देश र जनतालाई नै घाटा पुगेको छ । कुनै व्यक्तिप्रति प्रतिसोध राखेर काम नगर्ने सरकारी मनोवृत्ति भए पनि परिणाम नआए कडा कदम चाल्नुपर्ने परिस्थिती छ ।’

उनले नेपालको कानुनले कुनैपनि काम ठेक्का प्रक्रिया बिना गर्न नदिने व्यवस्था गरेपनि ठेक्का व्यवस्थापनमा देखिएको कमजोरीका कारण रोजगारी, अर्थतन्त्र र सम्पूर्ण विकास गतिविधि प्रभावित भएको बताए ।

‘प्रतिसोध साँधेर देश विकास हुँदैन । हामीले रिजल्ट हेर्ने हो । रिजल्ट ल्याउन सकिँदैन भने प्रोजेक्ट म्यानेजरदेखि सम्बन्धित निकायका प्रमुखसम्म कारवाही हुनैपर्छ । सहि व्यक्ति सहि ठाउँमा नहुँदा समस्या झनै बढ्छ,’ उनले भने ।

घिसिङले सरकारले अब गुणस्तरीय र परिणाममुखी विकासका लागि जिम्मेवार निकाय र पदाधिकारीको जवाफदेहितालाई अझ कडाइका साथ कार्यान्वयन गर्ने पनि स्पष्ट पारे ।

यो समाचारमा

ललितपुरनेपालकाठमाडौँकुलमान घिसिङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...