न्यायको खोजीमा भौतारिएको थिएँ, सर्वोच्चको फैसलाले राहत दियो : हितेन्द्रदेव शाक्य

Author

सजिलो पत्रिका

२०८२ मंसिर २३, मङ्गलबार

19
Share
Featured
  • सर्वोच्च अदालतले हितेन्द्रदेव शाक्यलाई अवैध रूपमा हटाइएकाे ठहर गर्दै पुनः नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनःस्थापना गर्ने आदेश दियो।
  • शाक्यले लामो समयको न्याय खोजीपछि सत्य स्थापित भएको बताउँदै जिम्मेवारीपूर्वक नेतृत्व सम्हाल्ने प्रतिबद्धता जनाए।
  • यो निर्णय ऊर्जामन्त्री कुलमान घिसिङका लागि ठूलो राजनीतिक-प्रशासनिक झट्का मानिएको छ, र प्राधिकरणभित्र शक्ति सन्तुलनमा परिवर्तन आउने अनुमान छ।
समाचार सारांशGenerated using AI.


नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई सर्वोच्च अदालतले पुनः सोही पदमा पुन स्थापित गरेकाे छ ।

न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई ‘पूर्वाग्रही र प्रतिशोधपूर्ण’ ढंगले र आवश्यक प्रक्रिया नपुर्याई पदबाट हटाइएको ठहर गर्दै सोमबार पुनस्र्थापना गर्ने आदेश दिएको हो ।

शाक्यले भने,‘ लामो समय सम्म न्यायको खोजीमा भौंतारीएको थिएँ । अब मलाई सर्वोच्च अदालतले न्याय दिएको छ । सर्वोच्चको फैसलापछि प्राधिकरणको नेतृत्व पुनः जिम्मेवारी पुर्वक सम्हाल्नेछु ।’ शाक्यले न्यायिक प्रक्रियाले ढिलो भए पनि अन्ततः सत्य स्थापित भएको महसुस गरेको बताए ।

सर्वोच्चको निर्णय ऊर्जामन्त्री कुलमान घिसिङका लागि ठूलो झट्का मानिएको छ, किनकि मन्त्रिपरिषदले उनीकै सिफारिसमा असोज ५ गते शाक्यलाई पदबाट हटाई मनोज सिलवाललाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

शाक्यले आफ्नो पेशागत भूमिकाबारे बताउँदै भने,“२०७३, ७४, ७५ सालतिर पनि मैले एक टिमका रूपमा उदाहरणीय काम गरेको थिएँ । आज पनि त्यही टिम स्पिरिटका साथ देशले चाहेको काम गर्छु भन्ने प्रतिबद्धता छ ।”

प्राधिकरणको नेतृत्व पुनः शाक्यले पाउने भएपछि प्राधिकरणभित्र शक्ति–सन्तुलन र नीतिगत निर्णयमा नयाँ मोड आउने अनुमान पनि गरिएको छ ।

यो समाचारमा

काठमाडौँहितेन्द्र देव शाक्यनेपाल विद्युत प्राधिकरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...