रेमिट्यान्सले देश चलिरहेको छ, प्रवासीलाई सम्मान गरौँ : साम्पाङ

Author

सजिलो पत्रिका

२०८२ मंसिर २२, सोमबार

16
Share
Featured
  • मेयर हर्कराज साम्पाङले देशप्रेम र पहिचानप्रतिको संवेदनशीलता जगाउन सबै नेपालीले मातृभूमिप्रति कर्तव्यबोध राख्नुपर्ने बताए।
  • उनले विदेशमा बसेका प्रवासी नेपालीको योगदान र रेमिट्यान्सले देश चलिरहेको वास्तविकता उल्लेख गर्दै स्वदेशमा बस्नेहरूले पनि देशप्रेमको आत्ममूल्यांकन गर्नुपर्ने भने।
  • साम्पाङले हरेक नेपालीले माटो, पानी, हावा र प्रकृति मार्फत मातृभूमिसँगको सम्बन्ध निरन्तर महसुस गर्नुपर्नेमा जोड दिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

श्रम संस्कृति पार्टीका सभापति तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले देशप्रेम र पहिचानप्रतिको संवेदनशीलता जागृत गर्नुपर्नेमा जोड दिएका छन् ।

पार्टी संगठन विस्तार तथा प्रवेश कार्यक्रममा बोल्दै साम्पाङले विदेशमा बसेर देशका लागि अथक परिश्रम गरिरहेका प्रवासी नेपालीप्रति सम्मान व्यक्त गर्दै स्वदेशमा बस्नेहरूले पनि मातृभूमिप्रतिको कर्तव्यबोध कायम राख्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘जब हामी ढुंगा छुन्छौं, माटो छुन्छौं, पानी र हावा छुन्छौं, यी सबैले देशको सम्झना गराओस् । हिमाल–पहाड देख्दा देशप्रेम जागोस् । करिब १ करोड नेपाली आज विदेशमा छन्, उनीहरूले पठाएको रेमिट्यान्सले नै देश चलिरहेको छ । हामीले आज यही भूमिबाट ती सबै प्रवासी दाजुभाइ–दिदीबहिनीलाई सम्झिएका छौं ।’

साम्पाङले स्वदेशमा बसेर देशलाई कत्तिको सम्झिन्छौँ भन्ने आत्ममूल्यांकन गर्नुपर्ने आवश्यकता समेत दोहोर्याए । ‘प्रवासीले त देश सम्झिरहेका छन्, तर हामी स्वदेशमा बस्नेहरूले उनीजति देशलाई सम्झिरहेका छौं कि छैनौं ?’ उनले प्रश्न गरे ।

कार्यक्रममा उनले प्रत्येक नेपालीले मातृभूमिसँगको सम्बन्धलाई हरेक पल अनुभूत गर्न सक्नुपर्नेमा जोड दिएका थिए ।

उनले भने, ‘प्रत्येक पल त्यो विदेशीले आफ्नो देश सम्झिरहोस् । प्रदेशीले यो देशलाई सम्झिरेको छ तर यो देशमा बस्ने हामीहरुले सम्झेका छौं की छैनौं ? त्यसैले हरेक पल यो माटोलाई, यो देशलाई सम्झन सकौं ।’

यो समाचारमा

काठमाडौँधरान उपमहानगरपालिकाहर्कराज साम्पाङ राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    हेलिकोप्टर, ड्रोन र राफ्टिङ सेवा निःशुल्क उपलब्ध गराउने गरी तीन संस्थासँग प्राधिकरणको समझदारी

    काठमाडौं । विपद्‌मा परेका व्यक्तिको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वायुसेवा सञ्चालक संघ नेपाल, नेपाल ड्रोन संघ र नेपाल एसोसिएसन अफ राफ्टिङ्ग एजेन्सिज् (नारा)सँग समझदारी पत्र (एमओयू)मा हस्ताक्षर गरेको छ।प्राधिकरणमा बुधबार आयोजित कार्यक्रममा भएको सम्झौताअनुसार वायुसेवा सञ्चालक संघले काठमाडौं उपत्यकाभित्र उद्धार उडान

    Data is loading...

    Loading brands...

    Loading footer...