प्रधानमन्त्रीसँग भेटेपछि प्रसाईंले भने, पुस २ सम्म सरकारले हाम्रो मागबारे निर्णय नलिए चुनाव हुँदैन्

Author

सजिलो पत्रिका

२०८२ मंसिर २२, सोमबार

18
Share
Featured
  • दुर्गा प्रसाईँले राजसंस्था पुनःस्थापना र जनमत–संग्रह सम्बन्धी मागमा सरकारले पुस २ गतेसम्म निर्णय दिने आश्वासन दिएको जानकारी गराए।
  • उनले मागमा निर्णय नभए चुनाव नै गराउन नदिने चेतावनी दिए।
  • प्रसाईँले प्रधानमन्त्री र गृहमन्त्रीले आफ्ना मागहरू ध्यानपूर्वक सुनेको बताउँदै, कम्युनिस्ट नेताहरूले गरिब जनताको उपयोग गरी धन कमाएको आरोप लगाए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाद प्रसाईले राजसंस्था पुनःस्थापना लगायतका आफूहरुको मागको विषयमा सरकारले पुस २ गतेसम्म निर्णय दिने जानकारी गराएका छन् ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेपछि पत्रकारहरूसँगको कुराकानीमा उनले सर्वदलीय तरिकाले यो व्यवस्था ठीक छ कि छैन भनेर जनमत संग्रहमा जान माग गरेको बताउँदै पुस २ गतेसम्म सरकारले निर्णय दिने जानकारी दिएका हुन् ।

त्यस्तै उनले सरकारले यदी पुस २ गतेसम्म निर्णय दिन नसके चुनाव नहुने चेतावनी दिए ।

उनले भने, ‘सर्वदलीय तरिकाले यो व्यवस्था ठीक छ कि छैन भनेर जनमत संग्रहमा जाऔं । जनताले खुशीसाथले भोट हाल्यो भने त सकियो नि त, झगडा, आन्दोलन लडाइँ नगर्ने हो भने सबै विषयमा जनमत संग्रहमा जाऔं । यदी पुस २ गतेसम्म डिजिसन दिन सक्नुभएन भने चुनाव हुँदैन । चुनाव त चाहिँदैन हामीलाई,’ उनले भने,

त्यस्तै, उनले प्रधानमन्त्री र गृहमन्त्रीले आफूहरुको मागका विषयमा मजाले सुनिदिएको भन्दै यीनै मागहरूलाई भ-याङ बनाएर र यीनै गरिबहरूको लासमाथि टेकेर आज कम्युनिष्टहरुले अर्बौं कमाएको कुरा आफूले राखेको सुनाए ।

यो समाचारमा

सुशीला कार्कीकाठमाडौँदुर्गा प्रसाद प्रसाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...