महिनावारीका आधारमा ‘छुनु हुँदैन’ भन्ने विभेद अझै व्याप्त छ : मन्त्री खरेल

Author

सजिलो पत्रिका

२०८२ मंसिर २२, सोमबार

20
Share
Featured
  • सञ्चार मन्त्री जगदीश खरेलले महिनावारी सम्बन्धी विभेद अन्त्य गर्न राज्य, समाज, परिवार र पुरुषको सहयोग आवश्यक रहेको बताए।
  • उनले निःशुल्क स्यानिटरी प्याड कार्यक्रम प्रभावकारी नभएको र गुणस्तर, पर्याप्तता तथा वितरणमा समस्या रहेकोमा ध्यानाकर्षण गराए।
  • मन्त्री खरेलले ग्रामीण–शहरी, धनी–गरिब, पूर्व–पश्चिम, जाति र संस्कृति अनुसारको दृष्टिकोणमा परिवर्तन आउन नसकेको भन्दै सबै तहमा चेतना र सहयोग जरुरी भएको बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले महिनावारी सम्बन्धी विभेद अन्त्य गर्न राज्य, समाज र परिवार सबैको सहयोग आवश्यक पर्ने बताएका छन् ।

सातौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस–२०२५ का अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खरेलले आफ्नो परिवारमा महिनावारीका आधारमा कुनै प्रकारको ‘छुनु हुँदैन’ भन्ने विभेद नरहेको उल्लेख गर्दै समाजभरी अझै यस्तो सोच कायम रहेको तथ्य चिन्ताजनक भएको बताए ।

‘व्यक्ति, परिवार, समाज र राष्ट्र—चारै तहमा परिवर्तनको आवश्यकता छ,’ उनले भने,‘पछिल्ला वर्षमा जनस्तरमा एक किसिमको चेतना बढ्दै गएको भए पनि राज्यको भूमिका अझ प्रभावकारी हुन जरुरी छ ।’

मन्त्री खरेलले विद्यालयहरूमा वितरण भइरहेको निःशुल्क स्यानिटरी प्याड कार्यक्रम प्रभावकारी हुन नसकेकोतर्फ पनि ध्यानाकर्षण गराए । ‘हरेक स्कुलमा स्यानिटरी प्याड पु-याएका छौँ, तर विभेद छ—क्वालिटी कस्तो छ ? पर्याप्त पुगेको छ कि छैन ? कतिपय विद्यालयले अझै पाएका नै छैनन्,’ उनले प्रश्न गरे ।

उनले महिनावारीबारे ग्रामीण–शहरी, धनी–गरिब, पूर्व–पश्चिम तथा जाति, धर्म, संस्कृति र परम्परामा आधारित दृष्टिकोणमा उल्लेख्य परिवर्तन आउन नसकेको बताए । यो परिवर्तन महिलाले मात्र गर्न नसक्ने भन्दै पुरुषको साथ समान रूपमा जरुरी छ रहेको मन्त्री खरेलले स्पष्ट पारे ।

उनले भने, ‘हरेक स्कुलमा हामीले निःशुल्क स्यानिटरी प्याडको त पुर्याएका छौं तर त्यसमा प्रश्न छ । विभेद छ । क्वालिटीको भएन, राम्रो भएन भन्ने छ । कति ठाउँमा पुग्यो, कति स्कुलमा पुगेन ? यी धेरै प्रश्नहरु छन् जहाँ सुर्धानैपर्छ । सुविधाका कुराहरुले धेरै कुरा अर्थ लाग्छ । अहिले पनि गाउँ के, सहर के, धनी के, गरिब के, पूर्व के, पश्चिमको के, जाति, धर्म, संस्कृति, परम्परा महिनावारीको सन्र्दभमा हेर्ने दृश्टिकोणमा परिवर्तन आउन सकेको छैन । त्यो परिवर्तन ल्याउन जरुरी छ यो सबैले स्वीकार्नुपर्ने छ । यो परिवर्तन महिलाले मात्र गर्न सक्दैन यसमा पुरुषको पनि साथ जरुरी हुन्छ ।’

यो समाचारमा

जगदीश खरेलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...