नेपाल जेसीजको ५२ औं राष्ट्रिय महाधिवेशन जनकपुरधाममा हुने

Author

सजिलो पत्रिका

२०८२ मंसिर २२, सोमबार

36
Share
Featured
  • नेपाल जेसीजको ५२औं राष्ट्रिय महाधिवेशन आगामी पुस ४–७ मा जनकपुरधाम तिरहुतिया गाछीमा आयोजना हुनेछ।
  • महाधिवेशनमा साढे ३ हजार प्रतिनिधि सहभागी हुनेछन्, जसमा १५०० मतदाता र १५०० सदस्य समावेश छन्; आयोजकले आवास र खानाको व्यवस्थापन गर्नेछ।
  • चार दिनसम्म चल्ने महाधिवेशनमा ३ करोड रुपैयाँ खर्च अनुमान छ, पहिलो दिन उद्घाटन, दोस्रो–तेस्रो दिन सांगठनिक कार्य र चौथो दिन नयाँ २६ सदस्यीय केन्द्रिय कार्य समिति चयन गरेर समापन हुनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल जेसीजको ५२ औं राष्ट्रिय महाधिवेशन आगामी पुस ४ गतेदेखि जनकपुरधाममा हुने भएको छ ।

जनकपुरधाममा सोमबार पत्रकार सम्मेलनमार्फत जनकपुरधामस्थित तिरहुतिया गाछीमा नेपाल जेसीजको ५२औं राष्ट्रिय महाधिवेशन हुने जानकारी जनकपुर जेसीजका अध्यक्ष मुकेश कुमार साहले दिए ।

पुस ७ गतेसम्म चल्ने महाधिवेशनमा देशभरिका करिब साढे तीन हजार प्रतिनिधिहरु सहभागी हुने महाधिवेशन समितिका निर्देशक सुधिर पजियारले बताए । पजियारका अनुसार सहभागी हुनेमा एक हजार पाँच सय मतदाता र एक हजार पाँच सय सदस्यहरु रह्ने छन् । महाधिवेशनमा आउने सहभागीहरुका लागि आवास र खानाको व्यवस्थापन आयोजकले गर्ने भएका छन् ।

चार दिनसम्म हुने महाधिवेशनमा करिब तीन करोड भन्दा बढी रुपैयाँ खर्च हुने निर्देशक पजियारले बताए । प्रतिनिधिहरुको दर्ता शुल्कबाट एक करोड भन्दा बढी रकम संकलन हुने र बाँकी रकम स्पोन्सरबाट संकलन गरिने पजियारले जानकारी दिए ।

महाधिवेशनको पहिलो दिन उद्घाटन समारोह आयोजना गरिने भएको छ भने दोस्रो, तेस्रो दिन सांगठनिक कार्य र अन्तिम तथा चौथो दिन २६ सदस्यीय नयाँ केन्द्रिय कार्य समिति चयन गरेर महाधिवेशन सम्पन्न हुने जनाइएको छ ।

यो समाचारमा

काठमाडौँजनकपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    काठमाडौँमा ९३ मिलिमिटर वर्षा, मकवानपुर र म्याग्दीमा वर्षियो सबैभन्दा धेरै पानी

    काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा मात्रै वर्षा भएको जनाउँदै अन्य प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको उल्लेख गरेको छ ।ती क्षेत्रहरूमध्ये केही ठाउँमा भारीदेखि अति भारीसम्म वर्षा भएका छन् भने केही

    Data is loading...

    Loading brands...

    Loading footer...