मोरङ-३ मा कांग्रेसबाट डा. शर्माको एकल उम्मेदवारी, अरु कसैको दाबी परेन

Author

सजिलो पत्रिका

२०८२ मंसिर २२, सोमबार

30
Share
Featured
  • नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा मोरङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस।
  • अन्य नेताले उम्मेदवारी दाबी नगरेपछि उनको एकल नाम सिफारिस भएको हो; उनले देशभरका निर्वाचन क्षेत्रमा मेलमिलापसहित सर्वसम्मत उम्मेदवार चयनको उदाहरण बन्नुपर्ने बताए।
  • शर्माले जनताको सेवा मुख्य प्राथमिकता भएको र कांग्रेसलाई नयाँ ऊर्जा दिने विश्वास व्यक्त गरे; स्थानीय नेता तथा कार्यकर्ताले उनलाई भावी मन्त्रीको रूपमा हेरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका नेता डा. सुनिल शर्मा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ३ बाट सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस भएका छन् । क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गरेसँगै उनी देशभरबाट सर्वसम्मत सिफारिस हुने पहिलो कांग्रेस नेता बनेका छन् ।

पार्टी केन्द्रले हरेक क्षेत्रबाट एक महिलासहित तीन जनासम्मको नाम पठाउन निर्देशन दिए पनि मोरङ-३ मा अन्य कुनै नेताले उम्मेदवारीमा दाबी नगरेपछि शर्माको नाम सर्वसम्मत भएको हो ।

सिफारिसपछि बोल्दै डा. शर्माले इमानदारीपूर्वक जनताको सेवा गर्ने अवसर पाउनेमा आफू विश्वस्त रहेको बताए । उनले मोरङ-३ को यो प्रक्रियालाई 'रोल मोडल' मान्दै देशभरका १६४ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले मेलमिलापसहित सर्वसम्मत उम्मेदवार चयन गर्नुपर्नेमा जोड दिए ।

"यो प्रक्रियाले कांग्रेसलाई नयाँ ऊर्जा दिन्छ र पार्टीले फेरि बहुमत ल्याउँछ," शर्माले भने । उनले आफू मन्त्री बन्ने वा नबन्ने भन्दा पनि जनताको सेवा गर्नु मुख्य प्राथमिकता रहेको बताए । स्थानीय नेता तथा कार्यकर्ताले डा. शर्माको विकल्प नभएको भन्दै उनलाई भावी मन्त्रीका रूपमा हेरेको बताएका छन् ।

यो समाचारमा

प्रतिनिधि सभाकाठमाडौँमोरङनेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलान्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा हरेक दिन बेलुका

    Data is loading...

    Loading brands...

    Loading footer...