रारा बहुमुखी क्याम्पसमा पहिलो पटक स्नातकोत्तर (डिग्री) पढाइ सुरु हुने

Author

सजिलो पत्रिका

२०८२ मंसिर २१, आइतबार

24
Share
Featured
  • मुगु जिल्लाको रारा बहुमुखी क्याम्पसले यस शैक्षिक सत्रदेखि शिक्षा संकायमा स्नातकोत्तर तहको कक्षा सञ्चालन गर्ने तयारी थालेको छ
  • क्याम्पसले विद्यार्थीलाई स्थानीय स्तरमै गुणस्तरीय उच्च शिक्षा उपलब्ध गराउने उद्देश्यले प्रशासनिक प्रक्रिया पूरा गर्दै प्रवेश तयारी अघि बढाएको छ।
  • जिल्लाका विद्यार्थीसहित कर्णाली प्रदेशका अन्य जिल्लाका विद्यार्थीले पनि अध्ययन गर्ने अपेक्षा गरिएको छ, र यसलाई स्थानीय शिक्षा क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

रारा बहुमुखी क्याम्पस मुगुमा स्नातकोत्तर (डिग्री) पठनपाठन कार्यक्रम सुरु हुने भएको छ ।

जिल्लाको प्रमुख उच्च शिक्षण केन्द्र रारा बहुमुखी क्याम्पसले यसै शैक्षिक सत्रदेखि शिक्षा संकायमा स्नातकोत्तर तहको कक्षा सञ्चालन गर्ने तयारी थालेको छ । 

क्याम्पसले आवश्यक पूर्वाधार, जनशक्ति र प्रशासनिक प्रक्रिया पूरा गर्दै हालको लागि शैक्षिक योजना तथा व्यवस्थापन विषयमा कक्षा सुरु हुने रारा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख लालकेशर रोकायाले बताए ।

रोकायाका अनुसार दूरदराजका विद्यार्थीलाई स्थानीयमै गुणस्तरीय उच्च शिक्षा उपलब्ध गराउने उद्देश्यले स्नातकोत्तर(डिग्री) तह सुरु गर्न लागिएको हो । यसअघि उच्च शिक्षा पढ्न बाहिरी जिल्लामा जानुपर्ने बाध्यता कम हुने पनि बताइएको छ ।

क्याम्पस प्रमुखका अनुसार,मध्यपश्चिम बिशवबिद्वालय द्वारा गरिने केही प्रक्रिया बाकी रहेको हुँदा यहि पुस महिनाको पहिलो हप्ता देखि आवेदन फारम लिने उक्त बिद्यार्थीका लागि आउदो माघ ८ गते बिशवबिधालयले प्रकाशित गरेको तालिका अनुसार प्रवेश परीक्षामा सहभागी गराउने तयारी भइरहेको जनाइएको छ ।

जिल्लाका विभिन्न विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी र उच्च शिक्षामा रुचि राख्ने विद्यार्थीले सजिलै अध्ययन गर्न पाउनेछन् । स्थानीय विद्यार्थीसँगै कर्णाली प्रदेशका अन्य जिल्लाबाट समेत भर्ना हुने अपेक्षा क्याम्पसले राखेको छ ।

स्थानीय अभिभावक, विद्यार्थी र सरोकारवाला सबैले रारा बहुमुखी क्याम्पसमा स्नातकोत्तर कार्यक्रम सुरु हुनु जिल्लाकै शिक्षा क्षेत्रका लागि एउटा महत्वपूर्ण उपलब्धि भएको प्रतिक्रिया दिएका छन् ।

यो समाचारमा

काठमाडौँकर्णाली प्रदेशमुगु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...