बर्दिया घटनाबारे सत्यतथ्य छानविन गर्न समिति गठन

Author

सजिलो पत्रिका

२०८२ मंसिर २१, आइतबार

29
Share
Featured
  • बर्दियामा नागरिकता नपाएर युवतीले आत्महत्या गरेको भनिएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिव सुरेश पन्थीको संयोजकत्वमा समिति गठन गर्यो।
  • समितिलाई पाँच दिनभित्र निष्पक्ष प्रतिवेदन गर्ने आदेश दिइएको छ।
  • यो घटनाप्रति चासो बढेपछि प्रधानमन्त्री सुशीला कार्कीले पनि गृहमन्त्रीलाई सत्यतथ्य बुझ्न निर्देशन दिइन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गृह मन्त्रायलले बर्दियाको बढैयाताल गाउँपालिका–४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या रोज्न बाध्य भएको भनिएको घटनामा सत्यतथ्य छानविन गर्न गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानविन समिति गठन गरेको छ ।  

गृहमन्त्री ओमप्रकाश अर्यालले यस घटनाको बारेमा सर्बत्र चासो र चिन्ता प्रकट भएपछी मन्त्रालयको पनि गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले आइतबार सचिवस्तरीय निर्णय गर्दै, सहसचिव पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र एक जना सदस्य रहने गरी घटनाको छानविन गर्न समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिलाई घटनाको निष्पक्ष र सत्यतथ्य रुपमा जाँचबुझ गरी पाँच दिनभित्र प्रतिवेदन पेश गर्ने गरी समितिलाई आदेश दिइएको छ । यसै घटनाको सत्यतथ्य बुझ्न प्रधानमन्त्री सुशीला कार्कीले पनि गृहमन्त्री अर्याललाई निर्देशन दिएकी छन् ।

यो समाचारमा

बढैयाताल गाउँपालिकाकाठमाडौँबर्दियाओमप्रकाश अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...