बालबालिकामाथि हुने हिंसाबारे सातै प्रदेशका सरोकारवालाहरुसँग छलफल

Author

सजिलो पत्रिका

२०८२ मंसिर २१, आइतबार

16
Share
Featured
  • १६ दिने अभियानअन्तर्गत बालबालिकामाथि हुने हिंसा न्यूनिकरणबारे सिजप, भोइस अफ चिल्ड्रेन र अकोराबले ललितपुरमा छलफल कार्यक्रम आयोजना गरे।
  • सहभागीहरूले विद्यालय, परिवार, समुदाय र अनलाइनमा हुने विभिन्न प्रकारका हिंसाका रूप र तीबाट बालबालिकामा पर्ने मनोवैज्ञानिक प्रभावबारे चर्चा गरे।
  • हिंसा रोकथामका लागि अभिभावक, विद्यालय, स्थानीय सरकार, समुदाय र सञ्चार माध्यमको समन्वित भूमिका तथा प्रभावकारी अनुगमन र सहयोग सेवाको विस्तार आवश्यक भएको निष्कर्ष निकालियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप), भोइस अफ चिल्ड्रेन तथा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको संयुक्त आयोजनामा ‘बालबालिकामाथि हुने हिँसा न्यूनिकरणमा सरोकारवालाको भूमिका’ विषयक छलफल कार्यक्रम ललितपुरको चकुपाटमा सम्पन्न भएको छ ।

शनिबार आयोजित कार्यक्रममा सातै प्रदेशका प्रतिनिधि तथा बाल अधिकार क्षेत्रमा क्रियाशील सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको हो । 

कार्यक्रममा सहभागीहरूले बालबालिकामाथि हुने शारीरिक, मानसिक, लैङ्गिक, अनलाइन तथा घरभित्रकै हिंसाका रूपहरूको पहिचान गर्दै ती कसरी, कहाँ र कसको तर्फबाट बढी हुने गर्दछ भन्ने विषयमा विस्तृत छलफल गरेका थिए ।

विशेषगरी विद्यालय, परिवार, अनलाइन प्लेटफर्म तथा समुदायमै हुने दुव्र्यवहार र त्यसले बालबालिकाको सुरक्षा र मनोवैज्ञानिक अवस्थामाथि पार्ने प्रभावबारे सहभागीहरूले आफ्ना अनुभव र तथ्यसहित प्रस्तुत गरेका थिए ।

छलफलमा बालबालिकामाथि हुने हिंसा रोकथामका लागि अभिभावकदेखि स्थानीय सरकार, विद्यालय, समुदाय, सञ्चार माध्यम र अधिकारकर्मी सबैको समन्वित भूमिकाको आवश्यकता रहेको जोड दिइएको थियो । 

सहभागीहरूले प्रभावकारी रोकथाम प्रणाली, सचेतना अभियान, अनुगमन संयन्त्र मजबुत पार्ने तथा बालमैत्री सहयोग सेवालाई सहज र सबैको पहुँचमा पु-याउनुपर्ने सुझावसमेत दिएका थिए ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...