हरिहरपुरगढीमा घाँस काट्ने क्रममा लडेर वृद्धाको मृत्यु

Author

सजिलो पत्रिका

२०८२ मंसिर २१, आइतबार

24
Share
Featured

काठमाडौँ

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–४ धनमान खोलास्थित पाखाको डिलमा घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ।

घाँस काटिरहेका बेला ८० वर्षीया कान्छीमाया घिसिङ डिलबाट लडेर घाइते भएकी थिइन् । घाइते घिसिङलाई स्थानीय सहयोगमा प्रारम्भिक उपचारपछि काठमाडौंस्थित ट्रमा सेन्टर लगिएको थियो । ट्रमा सेन्टरमा उपचारको क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ । 

घटनाबारे थप विवरण संकलन भइरहेको र आवश्यक अनुसन्धान अघि बढाइरहेको प्रहरीले जनाएको छ।

यो समाचारमा

हरिहरपुरगढी गाउँपालिकाकाठमाडौँसिन्धुली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...