लेटाङकी अंशु गौतमको हत्या आरोपमा छिमेकी पक्राउ

Author

सजिलो पत्रिका

२०८२ मंसिर २१, आइतबार

17
Share
Featured
  • मोरङको लेटाङमा असोज २१ मा मृत फेला परेकी १३ वर्षीया अंशु गौतमको हत्या आरोपमा ५६ वर्षीय छिमेकी पदम अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ।
  • जिल्ला प्रहरी कार्यालय, कोशी प्रदेश प्रहरी र सीआईबीको संयुक्त अनुसन्धानपछि आरोपीको संलग्नता पुष्टि भएको छ; सोधपुछ र प्रारम्भिक अनुसन्धान जारी छ।
  • घटनाले स्थानीय समुदाय स्तब्ध बनाएको थियो; पक्राउसँगै न्यायको आशा बढेको छ र प्रहरीले चाँडै विस्तृत जानकारी सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मोरङको लेटाङमा गत असोज २१ गते विभत्स हत्या गरी फालिएको अवस्थामा फेला परेकी १३ वर्षीया अंशु गौतमको हत्या आरोपमा प्रहरीले छिमेकीलाई पक्राउ गरेको छ । लामो अनुसन्धानपछि प्रहरीले हत्यामा संलग्न भएको आरोपमा ५६ वर्षीय पदम अधिकारीलाई नियन्त्रणमा लिएको हो ।

घटना भएको लामो समयसम्म दोषी पक्राउ नपर्दा प्रहरीको आलोचना भइरहेको थियो । तर, जिल्ला प्रहरी कार्यालय मोरङ, कोशी प्रदेश प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को संयुक्त टोलीले गरेको गहन अनुसन्धानपछि हत्यामा अधिकारीको संलग्नता खुलेको हो ।

प्रहरी स्रोतका अनुसार, पक्राउ परेका अधिकारीमाथि सोधपुछ जारी छ र प्रारम्भिक अनुसन्धानले हत्यामा उनकै संलग्नता देखाएको छ । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी अंशुको शव भोलिपल्ट बेलबारीस्थित चिसाङ सामुदायिक वनमा टाउको र शरीर छुट्टिएको अत्यन्तै क्रूर अवस्थामा फेला परेको थियो ।

प्रहरीले हत्याको कारण र तरिकाबारे विस्तृत रूपमा सार्वजनिक गरिसकेको छैन । यद्यपि, अनुसन्धानमा संलग्न एक अधिकारीले पीडितको अभिभावकसँग रहेको पुरानो रिसइबीका कारण नियोजित रूपमा बालिकाको हत्या भएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

अंशु स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत थिइन् । उनको निर्मम हत्याले लेटाङ क्षेत्र स्तब्ध बनेको थियो । आरोपी पक्राउ परेसँगै घटनाको रहस्य खुल्ने र पीडित परिवारले न्याय पाउने आशा बढेको छ । प्रहरीले छिट्टै पत्रकार सम्मेलन गरेर घटनाबारे विस्तृत जानकारी दिने तयारी गरेको छ ।

यो समाचारमा

कोशी प्रदेशकाठमाडौँमोरङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...