सुख्खाग्रस्त गाउँमा हरियाली : शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत

Author

सजिलो पत्रिका

२०८२ मंसिर २०, शनिबार

22
Share
Featured
  • मन्थलीका शिक्षक दिलबहादुर अछामीले सुक्खा भटौली गाउँमा ड्रायगनफ्रुट र अन्य फलफूल खेती गर्दै नमुना बगैँचा स्थापना गरेर स्वरोजगार हासिल गरेका छन्।
  • दोस्रो वर्ष उत्पादनले आर्थिक सफलता दिलाएको छ; ड्रायगनफ्रुट बिक्रीबाट २ लाख ७० हजार रुपैयाँभन्दा बढी आम्दानी भएको छ र अन्य फलफूल तथा तरकारीबाट थप लाभ भएको छ।
  • अछामी दम्पतीको फार्म आज गाउँका किसान र युवाहरूका लागि प्रेरणास्त्रोत बनेको छ, जहाँ गाउँमै बसेर पनि निरन्तरता, सीप र योजना मार्फत आत्मनिर्भरता सम्भव रहेको प्रमाण देखाइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


मन्थली नगरपालिका, रामेछाप–७ भटौलीका ४० वर्षीय दिलबहादुर अछामीलाई धेरैले ‘सामाजिक विषय पढाउने शिक्षक’ भनेर चिन्छन् ।

तर उनको वास्तविक पहिचान अब कक्षाकोठामा मात्र सीमित छैन । उनी स्थानीय किसानलाई सम्भावनाको नयाँ बाटो देखाउने प्रेरणाका स्रोत पनि बनेका छन् । 

मन्थली नगरपालिका–९ पुरागाउँस्थित स्थानापति माध्यमिक विद्यालयमा अध्यापन गर्दै आएका अछामीले  विद्यालयबाट बचेको समयलाई  कृषिमा खर्च गरेका छन् । उनले सुरु गरेको ड्रयागनफ्रुट खेती अहिले नमुना बगैँचा बनेको छ । 

कहिल्यै पानी नपुग्ने, चर्को घाम, सधैँ सुक्खा– भटौली गाउँको भूगोल नै त्यस्तो छ । यस्तो ठाउँमा व्यावसायिक फलफूल खेती सम्भव हुन्छ भन्ने कल्पना धेरैको थिएन तर अछामीले एक सय पोलमा चारसय ड्रायगनका बोट रोपे, त्यससँगै आँप, कागती, अनार, कुरिलो, भूइँकटहर, केरा जस्ता बोटबिरुवा थप्दै बारीलाई बिस्तारै ‘हरियाली’ मा बदल्न थाले । 

पहिलो वर्ष उत्पादन मनासिब नभए पनि दोस्रो वर्षले मेहनतको रङ्ग देखायो । करिब ९ सय किलो ड्रायगन फ्रुट प्रतिकिलो तीनसय रुपैयाँमा बिक्री हुँदा २ लाख ७० हजार रुपैयाँभन्दा बढी आम्दानी भयो । अन्य फलफूलबाट आउने आर्थिक लाभ थपिएको छ अलगै । 

‘पानीको अभाव छ, खेती नराम्रो हुन्छ भन्थे तर निरन्तरता र लगन भए खेतीमै भविष्य छ भन्ने मलाई दोस्रो वर्षमै थाहा भयो’, अछामी भन्छन्। गाउँमै बसेर स्वरोजगार बन्ने आफ्नो यात्रा ‘सुख्खाग्रस्त गाउँ पनि कत्तिको सम्भावनायुक्त रहेछ’ भन्ने कथन बनेको उनी बताउँछन् । 

आज अछामीको बगैँचा २५ भन्दा बढी जातका आँप, मौरी पालन, फलफूल तथा तरकारीसहित बहुउपयोगी कृषि फार्म जस्तै बनेको छ। यही फार्म अहिले उनको परिवारको मूल आम्दानीको आधार बनेको छ।

शिक्षक अछामी मात्र होइन, उहाँकी जीवनसाथी सरिता कुमारी रम्तेल पनि बगैँचा बढाउने मुख्य पात्र हुन् । श्रीमानले सिकेका सीपलाई व्यवहारमा उतार्ने दैनिक भूमिकामा सरिता अडिग छिन् । गाउँमा पानीको अभाव, गोठालोको समस्या, फलफूल जोगाउने चुनौती, सबै सामना गर्दै उनले ‘कृषि सम्भव छ’ भन्ने प्रमाण खडा गरिन्  । ’राम्रो योजना, निरन्तर मिहिनेत र आवश्यक ज्ञान भए गाउँमै बसेर पनि आत्मनिर्भर हुन सकिन्छ’, सरिता भन्छिन्।

आज भटौलीमा युवादेखि स्थानीय किसानसम्मले अछामी दम्पतीको बगैँचा हेर्न आउने क्रम बढेको छ । कसरी सुक्खा क्षेत्रमै ड्रायगन सफल हुन्छ? के कति लगानी चाहिन्छ? पानी नहुँदा कसरी व्यवस्थापन गर्ने ? यस्ता प्रश्नका उत्तर खोज्दै आउनेहरूको भीड नै उनको प्रेरणादायी यात्राको प्रमाण बनेको छ ।

शिक्षक भएरपनि कृषि सीपमा समय दिने र व्यावसायिक सफलता हासिल गर्न सफल अछामी भन्छन्, ’गाउँमा बसेर पनि अवसर खोज्न सकिन्छ, मुख्य कुरा जागरूकता, सीप र निरन्तरता हो ।’

यो समाचारमा

मन्थली नगरपालिका, रामेछापकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...