ललितपुर महानगरको नयाँ प्रशासकीय भवन उद्घाटन, सेवा अझै प्रभावकारी हुने

Author

सजिलो पत्रिका

२०८२ मंसिर २०, शनिबार

19
Share
Featured
  • मेयर चिरिबाबु महर्जनले नयाँ प्रशासकीय भवन उद्घाटनसँगै ललितपुर महानगरको काम–कारबाही अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे।
  • उनले ललितपुर महानगरलाई देशकै जेष्ठतम नगरपालिका भन्दै, उच्च आचारसंहिता र विधि पालना गर्दै ‘असल अभ्यास’ प्रस्तुत गर्दै आएको बताए।
  • महर्जनले महानगरले बोलेकै काम गरेर देखाउने परम्परा स्थापित गरेको र पारदर्शी, परिणाममुखी कार्यशैलीमा आफूहरू प्रतिबद्ध रहेको उल्लेख गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

ललितपुर महानगरपालिकाका मेयर चिरि बाबु महर्जनले नयाँ प्रशासकीय भवनको उद्घाटन समारोहमा महानगरको काम–कारबाही थप प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै मेयर महर्जनले यो दिन ललितपुर महानगरपालिकाका लागि ऐतिहासिक रहेको बताए । 

‘हामी जति काम गर्दै छौं, त्यसमा अझ ऊर्जा थपिएको छ । सबैको प्रतिनिधित्व हुने गरी काम गर्दै आएका छौं,’ उनले भने । 

उनले महानगरले गरेको काम अन्य स्थानीय तहका लागि पनि एक किसिमको ‘असल अभ्यास’ बनेको बताए ।

मेयर महर्जनले ललितपुर महानगरपालिका देशकै जेष्ठतम नगरपालिका भएको उल्लेख गर्दै त्यसअनुसार काम र व्यवहारमा उच्च आचारसंहिता तथा विधि पालनामा आफूहरू सजग रहेको बताए । 

उनले भने, ‘ललितपुर महानगरपालिका नेपालकै जेष्ठतम नगरपालिका हो । जेष्ठतम नगारपालिकाले कुनै पनि काम गर्दा, कुनै ठाउँमा वकतव्य दिँदा एकदमै विधि पुर्याएर काम कुरो गर्नुपर्छ । कसैले भन्ने सक्ने गरी काम कुरो गर्नु हुँदैन । यसमा हामी निकै नै सशंकित छौं । हामीले जे गर्छौं, जे बोल्छौं । हामी  गरेरै  देखाउँछौं । सबैलाई काम गरेर प्रत्याभूति नै  देखाएका छौं ।’

उनले महानगरले बोलेका कुरा काम गरेर देखाउने परम्परा स्थापित गरेको दाबी पनि गरे । उनले जे गर्छौं, जे बोल्छौं, गरेरै देखाएको बताए ।

यो समाचारमा

चिरि बाबु महर्जनकाठमाडौँललितपुर महानगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...