पुटिनलाई मोदीको उपहार : भागवत गीतादेखि चाँदीको घोडासम्म

Author

सजिलो पत्रिका

२०८२ मंसिर २०, शनिबार

25
Share
Featured
  • भारत भ्रमणमा आएका रुसका राष्ट्रपति पुटिन २७ घण्टाको बसाइपछि शुक्रबार राति स्वदेश फर्किए।
  • उनले प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता गर्दै व्यापारिक मञ्चलाई सम्बोधन गरे, भारतले उनको भ्रमणलाई उच्च महत्व दिएको थियो।
  • पुटिनलाई २१ तोपको सलामीसहित सम्मान गरिएको र मोदीले चाँदीको चिया सेट, भागवत गीता, केसर लगायत विभिन्न उपहारहरू प्रदान गरेका थिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

भारत भ्रमणमा आएका रूसका राष्ट्रपति भ्लादिमिर पुटिन स्वदेश फर्किएका छन् । भारत भ्रमण सकेर शुक्रबार अबेर राति उनी स्वदेश फर्किएका हुन् ।

मन्त्रीहरूको टोलीसहित बिहीबार साँझ दिल्ली आइपुगेका पुटिन २७ घण्टा भारत बसाइपछि रुस फर्किएका हुन् । पुटिन शुक्रबार राति करिब १० बजे रुस फर्किएका हुन् । 

उनले शुक्रबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गरे र व्यापारिक मञ्चलाई सम्बोधन गरेका थिए । पुटिनको भ्रमणलाई भारतले विशेष महत्व दिएको थियो । 

पुटिनलाई भारतीय राष्ट्रपतिको भवन परिसरमा शुक्रबार बिहान २१ तोपको सलामी दिँदै स्वागत गरिएको थियो । त्यसपछि उनलाई गार्ड अफ अनर प्रदान गरिएको थियो ।

पुटिनका लागि आयोजना गरिएको भिन्न भिन्न कार्यक्रममा मोदीलगायतले विभिन्न उपहारहरु प्रदान गरेका थिए ।
मोदीले पुटिनलाई चाँदीको चिया सेट, असमको राम्रो कालो चिया, भागवत गीता, कश्मीरी केसर, मार्बल चेस सेट, चाँदीको घोडालगायतका आकर्षक उपहार दिएका छन् ।

यो समाचारमा

रूसकाठमाडौँभारतनरेन्द्र  मोदी
भ्लादिमिर पुटिन4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...