नेशनल प्याब्सन काठमाडौंले जिल्लाव्यापी खेलकुद सप्ताह गर्ने

Author

सजिलो पत्रिका

२०८२ मंसिर २०, शनिबार

32
Share
Featured
  • नेशनल प्याब्सन काठमाडौंले मंसिर २२ गतेदेखि आठौँ संस्करणको जिल्ला–व्यापी खेलकुद सप्ताह २०८२ आयोजना गर्दैछ, जसमा १३९ भन्दा बढी विद्यालय सहभागी हुनेछन्।
  • कार्यक्रमले विद्यार्थीको शारीरिक, मानसिक र सामाजिक विकाससँगै विद्यालयहरूबीच एकता र सहकार्य बढाउने उद्देश्य राखेको छ।
  • खेलकुद सप्ताहमा पाँच विधामा प्रतिस्पर्धा हुनेछ, जसमा चार सशुल्क र एउटा (मार्चपास) निःशुल्क रहनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

निजी तथा आवासीय विद्यालय सञ्चालकहरूको संगठन (नेशनल प्याब्सन) काठमाडौंको वार्षिक कार्यक्रम अन्तर्गत जिल्लाव्यापी खेलकुद सप्ताह २०८२ को आयोजना गर्न लागेको छ । 

शनिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्याब्सनले काठमाडौँ जिल्ला कार्यसमितिको आयोजनमा सञ्चालन हुन गइरहेको सप्ताह आठौँ संस्करणका रुपमा यही मंसिर २२ गतेदेखि एक समारोहका बिच उद्घाटन हुनेछ ।

विगत वर्षहरुझैँ यस वर्ष पनि विद्यालय तहका विद्यार्थीहरुमा खेलकुदको विकास गर्दै अनुशासित र सक्षम नागरिक तयार गर्ने उद्देश्यले यस्तो किसिमको खेलकुद सप्ताह आयोजना गर्दै आएको हो । 

सप्ताहले विद्यार्थीहरुमा शारीरिक, मानसिक र समाजिक विकासलाई प्रवर्धन गर्दै संस्थागत विद्यालयहरुका बिचमा आपसी एकता, सहकार्य, र मित्रताको भावना विकास हुने जनाइएको छ । 

सप्ताहव्यापी खेलकुदमा विभिन्न विधामा १३९ वटाभन्दा बढी विद्यालयले सहभागिता जनाउने छन् । आठौं संस्करणको उद्घाटन सत्र यही मंसिर २२ गते काठमाडौंको सिफल खेलमैदानमा खेलकुदमन्त्रीको प्रमुख आतिथ्यमा सम्पन्न हुनेछ । यस सप्ताहव्यापी खेलकुदमा मुख्य गरी पाँचवटा विधामा प्रतिस्पर्धा गराइनेछ । 

चारवटा विधा सदस्य विद्यालयहरुको सहभागितामा सशुल्क तथा एउटा विधा मार्चपास भने निःशुल्क सञ्चालन गरिने छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...