चीनमा विश्वको सबैभन्दा ठूलो हरित हाइड्रोजन–एमोनिया–मेथानल मेगापार्क निर्माण हुँदै

Author

सजिलो पत्रिका

२०८२ मंसिर २०, शनिबार

22
Share
Featured
  • चीनको सोङयुआन हाइड्रोजन ऊर्जा औद्योगिक पार्कले विश्वकै ठूलो हरित हाइड्रोजन–एमोनिया–मेथानल उत्पादन केन्द्र निर्माण तीव्र पार्दै यसै वर्षको अन्त्यसम्म हरित एमोनिया उत्पादन सुरु गर्ने तयारी गरेको छ।
  • परियोजनामा ५० मेगावाट सौर्य ऊर्जा र ५९० मेगावाट वायु ऊर्जा फार्ममार्फत विद्युत उत्पादन गरी पानीलाई हाइड्रोजन र अक्सिजनमा छुट्याउने अत्याधुनिक इलेक्ट्रोलाइजर प्रयोग गरिनेछ।
  • परियोजना पूरा भएपछि मेगापार्कले ३ गिगावाट नयाँ ऊर्जा उत्पादन क्षमता हासिल गर्ने र वार्षिक ८ लाख टन हरित एमोनिया तथा मेथानल उत्पादन गर्ने लक्ष्य राखेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

चाइना इनर्जी इन्जिनियरिङ समूहले विश्वकै सबैभन्दा ठूलो एकीकृत हरित हाइड्रोजन–एमोनिया–मेथानल उत्पादन केन्द्र निर्माणलाई तीव्रता दिएको छ । चीनको उत्तर–पूर्वी प्रान्त जिलिनस्थित सोङयुआन हाइड्रोजन ऊर्जा औद्योगिक पार्कले यसै वर्षको अन्त्यसम्म हरित एमोनिया उत्पादन सुरु गर्ने तयारी गरिरहेको छ । हरित हाइड्रोजनबाट उत्पादन हुने एमोनिया नयाँ ऊर्जा सवारीसाधन र पावर जेनेरेटरका लागि स्वच्छ इन्धनको विकल्प मानिन्छ ।

उक्त परियोजनामा ५० मेगावाट सौर्य ऊर्जा प्रणाली र ५९० मेगावाट वायु ऊर्जा फार्ममार्फत प्राप्त विद्युत् प्रयोग गरी पानीलाई हाइड्रोजन र अक्सिजनमा छुट्याउने अत्याधुनिक इलेक्ट्रोलाइजर सञ्चालन गरिनेछ ।

इलेक्ट्रोलाइजरको विश्वव्यापी उच्च मागका बीच चीनका छ कम्पनी विश्वका शीर्ष १० निर्माता सूचीमा परेका छन् । जसले चीनलाई उपकरण आपूर्तिमा बलियो बनाएर परियोजना सहज बनाएको छ । विशेषज्ञहरूका अनुसार हरित एमोनिया उत्पादन प्रविधि परिपक्व हुँदै जाँदा सन् २०३५ सम्म यसको वार्षिक माग १० करोड टन नाघ्न सक्नेछ ।

चीन बिजुली परिषद्का कार्यकारी उपाध्यक्ष याङ कुँका अनुसार चीनले १.७ अर्ब किलोवाटभन्दा बढी वायु तथा सौर्य ऊर्जा जडान क्षमता हासिल गरिसकेको छ । जसले ‘हरित पेट्रोलियम’ जस्ता नयाँ हरित ऊर्जा उत्पादनहरूको लागत घटाउँदै कम–कार्बन विकासलाई तीव्रता दिनेछ ।

परियोजना पूर्ण भएपछि यस मेगापार्कले ३ गिगावाट नयाँ ऊर्जा उत्पादन क्षमता प्राप्त गर्नेछ र हरेक वर्ष ८ लाख टन हरित एमोनिया तथा मेथानल उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

यो समाचारमा

चीनकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    Data is loading...

    Loading brands...

    Loading footer...