‘कोशी एक्सिलेन्स अवार्ड–२०२६’ सम्बन्धी नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर अधिकारीसँग अन्तरक्रिया

Author

सजिलो पत्रिका

२०८२ मंसिर २०, शनिबार

35
Share
Featured
  • नयन मिडिया फाउन्डेसनले ‘कोशी एक्सिलेन्स अवार्ड–२०२६’ तयारीबारे पूर्व गर्भनर तथा प्रमुख सल्लाहकार महाप्रसाद अधिकारीसँग इटहरीमा अन्तरक्रिया गर्यो।
  • अधिकारीले अवार्डलाई पारदर्शी, निष्पक्ष र प्रदेशका लागि महत्त्वपूर्ण बनाउन एकजुट भएर काम गर्न सुझाव दिए।
  • इभेन्ट म्यानेजर र अध्यक्षले कार्यक्रम उत्कृष्ट बनाउन आवश्यक तयारीहरू भइरहेको जानकारी दिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नयन मिडिया फाउन्डेसनले आगामी फागुन ७ गते ईटहरीस्थित सोल्टी वेस्टर्नमा आयोजना गर्न लागेको ‘कोशी एक्सिलेन्स अवार्ड–२०२६’ सम्बन्धी नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर तथा फाउन्डेसनका प्रमुख सल्लाहकार महाप्रसाद अधिकारीसँग अन्तरक्रिया गरेको छ ।

फाउन्डेसनको इटहरीस्थित कार्यालयमा अनौपचारिक छलफलको आयोजना गरिएको थियो ।

सो क्रममा प्रमुख सल्लाहकार तथा पूर्व गर्भनर अधिकारीले कोशी प्रदेशका लागि यस्तो स्तरको अवार्ड आयोजना गर्नु आफैँमा उत्कृष्ट काम भएको टिप्पणी गरे ।

उनले अवार्डलाई पारदर्शी, निष्पक्ष र प्रदेशका लागि अत्यन्त महत्त्वपूर्ण बनाउने लक्ष्यसहित सबैजना एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । 

त्यसैगरी, अवार्डका इभेन्ट म्यानेजर सन्तोष धमलाले गत वर्षझैँ यस वर्ष पनि कार्यक्रमलाई उत्कृष्ट बनाउन आफूहरू प्रतिबद्ध रहेको बताए । उनले इभेन्टमा कुनै पनि कमी हुन नदिन आवश्यक सबै क्षेत्र समेटेर तयारी भइरहेको जानकारी दिए ।

फाउन्डेसनका अध्यक्ष पवन अधिकारीले अवार्डका लागि अहिलेसम्म भएका तयारी र प्रगतिबारे जानकारी गराए ।

यो समाचारमा

नेपाल राष्ट्र बैंकईटहरीकोशी प्रदेशकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    Data is loading...

    Loading brands...

    Loading footer...