आज विश्व माटो दिवस : विभिन्न कार्यक्रम गरि मनाइँदै

Author

सजिलो पत्रिका

२०८२ मंसिर १९, शुक्रबार

20
Share
Featured
  • विश्व माटो दिवस हरेक वर्ष डिसेम्बर ५ मा “स्वस्थ शहरहरूको लागि स्वस्थ माटो” नारासहित मनाइन्छ, २०१३ देखि संयुक्त राष्ट्रसङ्घको सिफारिसअनुसार।
  • दिवसको उद्देश्य माटोको महत्वमा विश्वको ध्यान केन्द्रित गराउँदै प्रदूषण रोकथाम र स्रोतको स्थायी व्यवस्थापन सम्बन्धी जनजागरूकता फैलाउनु हो।
  • नेपालमा २०१४ देखि काभ्रेपलाञ्चोकको पाँचखाल घुम्ती माटो परीक्षण प्रयोगशालाबाट औपचारिक रूपमा मनाउन थालिएको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


‘स्वस्थ शहरहरूको लागि स्वस्थ माटो’ भन्ने नाराका साथ आज विश्व माटो दिवस मनाइँदैछ ।

खाद्य तथा कृषि सङ्गठनको सिफारिसमा संयुक्त राष्ट्रसङ्घको ६८औँ महासभाको निर्णयानुसार सन् २०१३ डिसेम्बर ५ गतेदेखि विश्व माटो दिवस मनाउन थालिएको हो । 

बढिरहेको आधुनिकीकरणको प्रभावले समाजमा आइरहेको सकारात्मक एवं नकारात्मक परिवर्तनहरू कति देख्न सक्ने हुन्छन् भने कति देख्न नसक्ने खालका हुन्छन् । त्यसमा माटो पनि पर्छ, माटोमा आएको परिवर्तन, माटोको प्रदूषण हामीले कहिले ख्याल नै गरेका छैनौ । त्यसैले स्वस्थ माटोको महत्त्वमा विश्वको ध्यान केन्द्रित गर्न र माटोको स्रोतको स्थायी व्यवस्थापन सम्बन्धी जनजागरूकता फैलाउन हरेक वर्षको डिसेम्बर ५ तारिखमा संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि संस्थानले विश्व माटो दिवस मनाउने गरेको छ । 

नेपालमा सन् २०१४ डिसेम्बर ५ मा काभ्रेपलान्चोकको पाँचखालमा घुम्ती माटो परीक्षण प्रयोगशालाबाट स्थलगत माटो परीक्षणको औपचारिक सुरुआतसँगै विश्व माटो दिवस मनाउन थालिएको हो ।

यो समाचारमा

पाँचखालसंयुक्त राष्ट्रकाठमाडौँकाभ्रेपलान्चोक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    काठमाडौं । सरकारका सचिवहरुको बैठकले शासकीय सुधारको एकसय कार्यसूचीअन्तर्गत सम्पन्न भएका सुशासन प्रवद्र्धन, सेवाप्रवाह सुधार र निर्णय प्रक्रिया सरलीकरणलगायत क्षेत्रमा भएका असल अभ्यासलाई निरन्तता दिने निर्णय गरेको छ ।मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा आज भएको सचिव बैठकले कार्यसूचीमा उल्लेखित बुँदा कार्यान्वयनका लागि गठित कार्यदल र समितिबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने र

    Data is loading...

    Loading brands...

    Loading footer...