रुसी राष्ट्रपति पुटिनलाई भारतमा भब्य स्वागत, २१ तोपको सलामी

Author

सजिलो पत्रिका

२०८२ मंसिर १९, शुक्रबार

12
Share
Featured
  • दुई दिने भारत भ्रमणमा रहेका रूसी राष्ट्रपति पुटिनलाई २१ तोपको सलामी र गार्ड अफ अनरसहित स्वागत गरियो; उनीसँग सात मन्त्रीहरूको टोली छ।
  • पुटिन–मोदीबीच दुई प्रमुख बैठक हुनेछन्, जहाँ २५ भन्दा बढी द्विपक्षीय सम्झौतामा हस्ताक्षर हुने सम्भावना छ।
  • रक्षा सहयोग, व्यापार सुरक्षा, साना मोड्युलर रिएक्टर साझेदारीलगायत विषयमा छलफल हुनेछ ; मोदीले पुटिनलाई रूसी भाषामा लेखिएको गीता उपहार दिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

भारत भ्रमणमा रहेका रूसका राष्ट्रपति भ्लादिमिर पुटिन शुक्रबार विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् । शुक्रबार विहान भारतीय राष्ट्रपतिको भवन परिसरमा उनलाई २१ तोपको सलामी दिँदै स्वागत गरियो । साथै उनलाई गार्ड अफ अनर प्रदान गरिएको थियो ।

पुटिन बिहीबार साँझ दुई दिने भ्रमणमा भारत पुगेकाहुन् । उनीसँगै सातजना मन्त्रीहरूको प्रतिनिधिमण्डल पनि सहभागी छन् । मोदी र पुटिनबीच दुई महत्त्वपूर्ण बैठक हुने कार्यक्रम तय भएको छ । 

द्विपक्षीय बैठकका क्रममा भारत र रुसबीच २५ भन्दा बढी सम्झौतामा हस्ताक्षर हुने सम्भावना छ । 

 पुटिन विमानस्थलमा उत्रिता मोदी स्वयं एयरपोर्टमा स्वागत गर्न पुगेका थिए । दुवै नेताले एकअर्कालाई अंगालो हालेका थिए । नरेन्द्र मोदी तथा पुटिन एउटै गाडीमा बसेर एयरपोर्टबाट प्रधानमन्त्री निवास पुगेका थिए ।

 मोदीको निमन्त्रणामा आयोजित २३औँ भारत–रुस वार्षिक शिखर सम्मेलनको क्रममा दुई नेताहरूबीच रक्षा सहयोगलाई सुदृढ पार्ने, द्विपक्षीय व्यापारलाई बाह्य दबाबबाट जोगाउने र साना मोड्युलर रिएक्टरहरूमा साझेदारी गर्ने विषयमा छलफल हुने भारतीय संचारमाध्यमहरूले जनाएका छन् ।

पुटिन भारत भ्रमणमा दिल्ली ओर्लिएपछि बिहीबार मोदीले उनलाई रुसी भाषामा लेखिएको गीताको एक प्रति उपहार दिएका थिए ।

यो समाचारमा

रूसकाठमाडौँनरेन्द्र  मोदीभ्लादिमिर पुटिन
भारत4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...