अख्तियार प्रमुखसहित १० जनालाई ज्यान मार्ने धम्की, केही व्यक्ति पक्राउ

Author

सजिलो पत्रिका

२०८२ मंसिर १९, शुक्रबार

26
Share
Featured
  • ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ नामक समूहका अध्यक्ष दाबी गर्ने प्रकाश पाठकले अक्तियार प्रमुख प्रेमकुमार राईसहित १० जनालाई १० दिनभित्र राजीनामा नदिए हत्या गर्ने धम्की पठाएपछि प्रहरीले अनुसन्धान तीव्र पारेको छ र केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दैछ।
  • धम्की पाउनेहरूमा राई, आरजु राणा, रमेश लेखक, बालकृष्ण खाणलगायत उच्चपदस्थ व्यक्ति छन्। पाठकले भिडियोमार्फत धम्की दिएको स्वीकार गर्दै आफू भारतमा रहेको दाबी गरेका छन्।
  • सीआईबीसहित प्रहरीका विभिन्न निकायले घटनामा संलग्न मुख्य योजनाकारको खोजी गरिरहेको र सुरक्षा सतर्कता बढाइएको जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ नामक समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जना उच्चपदस्थ व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिएपछि प्रहरीले अनुसन्धान तीव्र पारेको छ। प्रहरीले घटनामा संलग्नताको आशंकामा केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।

उक्त समूहको अध्यक्ष बताउने प्रकाश पाठक नामका व्यक्तिले इमेलमार्फत १० दिनभित्र राजीनामा नदिए हत्या गर्ने धम्की पठाएका थिए। धम्की पाउनेहरूमा अख्तियार प्रमुख राई, पूर्वमन्त्रीहरू आरजु राणा देउवा, रमेश लेखक, बालकृष्ण खाण लगायत छन्।

धम्की दिने पाठकले आफू भारतमा रहेको दाबी गर्दै सामाजिक सञ्जालमा एक भिडिओसमेत सार्वजनिक गरेका छन्। भिडिओमा उनले आफूले धम्की दिएको स्वीकार गर्दै प्रहरीले आफ्ना केही सहयोगीलाई पक्राउ गरेको बताएका छन्। उनले प्रहरीले आफूलाई पक्रन नसक्ने दाबी गर्दै उल्टै अख्तियार प्रमुख राईलाई आफ्नो ज्यानको सुरक्षा गर्न चेतावनी दिएका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगायतका विभिन्न निकायले घटनाको अनुसन्धान गरिरहेको र मुख्य योजनाकारको खोजी भइरहेको जनाएका छन्।

यो समाचारमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगआरजु राणा देउवाकाठमाडौँनेपाल प्रहरी
रमेश लेखक4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    Data is loading...

    Loading brands...

    Loading footer...