रोशनी झा मृत्यु प्रकरण : दोषीलाई कारवाहीको माग राख्दै धर्ना

Author

सजिलो पत्रिका

२०८२ मंसिर १८, बिहिबार

15
Share
Featured
  • जनकपुरधामकी रोशनी झाको शंकास्पद मृत्यु प्रकरणमा माइती पक्षले दोषीलाई कारबाही गर्न माग गर्दै जनक चोकमा धर्ना दिएका छन्।
  • माइती पक्षले चिकित्सक डा. धिरज झा र ससुराली पक्षसँग सम्बन्धित सचिन झा र प्रतिक झालाई हिरासतमा लिएर छानबीन गर्न माग गरेका छन्; ससुराले आत्महत्या भएको दाबी गरे पनि माइती पक्षले हत्या भएको आरोप लगाएका छन्।
  • जिल्ला प्रहरी कार्यालय धनुषाले उजुरी दर्ता गरी अनुसन्धान अघि बढाइरहेको छ; घटनास्थल अनुगमन, बयान संकलन र फरेन्सिक परीक्षण गर्दै छानबीन जारी छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


जनकपुरधामकी रोशनी झाको शंकास्पद मृत्यु प्रकरणमा माईती पक्षले दोषीलाई कारवाही गर्न माग गर्दै धर्ना दिएका छन् । 

उनीहरु बिहीबार (आज) जनकपुरधामको जनक चोकमा धर्नामा बसेका छन् ।

रोशनी झाको हत्या भएको दाबी गर्दै धर्नामा बसेका माईती पक्षका नातेदारहरुले रोशनीको हत्यामा संलग्न रहेका थप केही व्यक्तिहरुलाई पक्राउ गर्न माग राखेका छन्  । चिकित्सक डा.धिरज झा, र प्रमाण नष्ट गरेका ससुराली पक्षको नातेदार पर्ने सचिन झा र प्रतिक झालाई हिरासतमा लिई छानबीन गर्न माग गर्दै आफूहरु धर्नामा बसेको मृतक रोशनीकी भाउजु सारथी झाले बताईन ।

एक हप्ता अघि बिहीबार राति जनकपुर उपमहानगरपालिका–४ कटैयाचौरीस्थित आफ्नै घरमा २७ वर्षीया रोशनी झा मृत फेला परेकी थिईन । रोशनीको घटनाबारे ससुरा पक्षले ‘आत्महत्या’ भएको दाबी गरेपनि माइती पक्षले भने ‘योजनाबद्ध तरिकाले हत्या गरिएको’ आरोप लगाउँदै आएका छन् । हाल मधेश प्रदेश सरकारको नीति तथा योजना आयोगमा कार्यरत प्रशान्त मिश्रको चार वर्षअघि सामाजिक रीति रिवाजअनुसार रोशनीसँग विवाह भएको थियो ।

माइती पक्षले रोशनीका पति प्रशान्त र ससुरा रुद्रनारायण मिश्रविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका छन् । उजुरी दर्ता भएपछि प्रहरीले गत आइतबार स्थलगत निरिक्षण गर्दै दुवैलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । तर पछि ससुराको संलगता नदेखिएपछि सोही दिन दिउँसोतिर छाडेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बहादुर बमले जनाएका छन् ।

धनुषा प्रहरीले घटनास्थलको पुनः अनुगमन, घरपरिवारका सदस्यको बयान संकलन र उपलब्ध प्रमाणको फरेन्सिक परीक्षणसहित अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।

यो समाचारमा

जनकपुर उपमहानगरपालिकामधेश प्रदेशकाठमाडौँधनुषा
जनकपुर4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...