कांग्रेसमा क्षमता र योगदानमा आधारित मुल्यांकन प्रणाली जरुरी : नेता घिमिरे

Author

सजिलो पत्रिका

२०८२ मंसिर १८, बिहिबार

16
Share
Featured
  • नेपाली कांग्रेसका विशेष महाधिवेशन हस्ताक्षर अभियानका नेता गुरुराज घिमिरेले अब क्षमता र योगदानमा आधारित मूल्यांकन प्रणाली अवलम्बन गरी हरेक सदस्यलाई कामको आधारमा अवसर दिने बताए।
  • महाधिवेशनलाई तोकिएकै समयमा सम्पन्न गर्ने दाबी गर्दै नेता जगदीश नरसिंह केसीले हस्ताक्षरकर्ता सम्मान सुनिश्चित हुने स्पष्ट पारे।
  • अन्य नेताहरूले कार्यतालिका व्यवहारिक बनाउने, क्रियाशील सदस्यता अभियान प्रभावकारी बनाउने र अधिवेशन तोकिएको मितिभित्रै सम्पन्न गर्नेमा जोड दिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेस विषेश महाधिवेशन हस्ताक्षर अभियानका अगुवा नेता गुरुराज घिमिरेले अब क्षमता र योगदानमा आधारित मुल्यांकन प्रणाली अवलम्बन गर्ने बताएका छन् । 

बिहीबार अभियानका तर्फबाट आयोजित १५ औं महाधिवेशनको तयारी विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले हरेक व्यक्तिलाई कामको आधारमा अवसर प्रदान गर्ने बताउँदै पद्दतीसंवत रुपले पार्टी चल्ने युगमा आफूहरु प्रवेश गरेको धारणा राखे । 

उनले भने,‘अब क्षमता र योगदानमा आधारित मुल्यांकन प्रणाली अवलम्बन गर्ने छौं । हरेकलाई कामको आधारमा अवसर प्रदान गर्ने छौं । साथै यहाँ मेरो र तेरो भन्ने र काखा र पाखा हुँदैन् । त्यसैले यसको लागि विधिपूर्वक पार्टी चल्नेछ । र पद्दतीसंवत रुपले पार्टी चल्ने युगमा हामी प्रवेश गर्दैछौं ।’ 

त्यस्तै उनले विशेष महाधिवेशन जसरीपनि गराएर छाड्ने दावी समेत गरे । त्यस्तै अर्का नेता जगदीश नरसिंह केसीले तोकिएकै समयमा अधिवेशन गर्दा विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्नेहरुको सम्मान हुने बताए । उनले १५ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने नेताहरुले वागमतीलाई नभइ कर्णालीलाई आधार बनाएर गरेको भए राम्रो हुने बताए ।

कांग्रेस ललितपुर सभापतिमा जितेन्द्रकुमार श्रेष्ठले महाधिवेशनको कार्यतालिका व्यवहारिक नभएको औंल्याए । नेता युवराज पाण्डेले क्रियाशील सदस्यता अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताउँदै तोकिएको कार्यतालिकभित्रै अधिवेशन सम्पन्न गराउन सबै लाग्नुपर्ने बताए । 

यो समाचारमा

काठमाडौँनेपाली काँग्रेसललितपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    महिला उद्यमीलाई सहयोग गर्न सरकार प्रतिबद्ध छ - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले महिला उद्यमीहरूको उद्यमशीलता विकास र प्रवर्द्धनका लागि आवश्यक सबै प्रकारको सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महिला उद्यमी महासंघ नेपालका पदाधिकारीहरूसँग भएको छलफलमा उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।प्रधानमन्त्री शाहले महिला उद्यमीहरूले भोगिरहेका कानुनी र व्यावहारिक व्यवधान हटाउन सरकार

    Data is loading...

    Loading brands...

    Loading footer...