काँकरभिट्टाबाट चार महिनामा ६ अर्बको पेट्रोलियम पदार्थ आयात

Author

सजिलो पत्रिका

२०८२ मंसिर १८, बिहिबार

26
Share
Featured
  • चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा काँकरभिट्टा नाकाबाट ६ अर्ब २ करोड रुपैयाँभन्दा बढी पेट्रोलियम आयात भएको छ, जुन गत वर्षको भन्दा २.०१% ले बढी हो।
  • आयात बढेसँगै राजस्व संकलन पनि २.९०% ले वृद्धि भई करिब २ अर्ब ९६ करोड ८१ लाख रुपैयाँ पुगेको छ।
  • यस अवधि हुँदै पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ (हवाई इन्धन) र मट्टितेल आयात गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा पूर्वी नाका काँकडभिट्टाबाट रु. ६ अर्ब २ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ ।

मेची भन्सार कार्यालयका अनुसार यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.०१ प्रतिशतले बढी हो ।

आयातमा वृद्धि भएसँगै राजस्व संकलन पनि २.९० प्रतिशतले बढेको छ । कार्यालयका अनुसार चालु आवको पहिलो चौमासिकमा पेट्रोलियम पदार्थको आयातबाट मात्रै रु. २ अर्ब ९६ करोड ८१ लाख राजस्व संकलन भएको छ ।

यो अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, हवाई इन्धन (एटिएफ) र मट्टितेल आयात भएको हो ।

यो समाचारमा

काठमाडौँकाँकडभिट्टा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...