बडीमालिका नगरपालिकाले मनायो स्थापना दिवस, स्थानीय परम्परा, कला, संस्कृतिलाई जोड

Author

सजिलो पत्रिका

२०८२ मंसिर १७, बुधबार

21
Share
Featured
  • बडीमालिका नगरपालिकाको ११औँ स्थापना दिवस स्थानीय कला, संस्कृति र परम्परागत नृत्य प्रदर्शनका साथ भव्य रूपमा सम्पन्न भयो।
  • भलिबल, देउडा लगायत विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिए।
  • शिक्षा, स्वास्थ्य, कृषि, संस्कृति लगायत क्षेत्रमा योगदान गर्ने २२ जनालाई सम्मान गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

स्थानीय संस्कृति,परम्परागत र पहिरनका साथ बडिमालिका नगरपालिकाको सद्भाव र सँस्कृतिको उत्सवमय स्थापना दिवस सम्पन्न भएको छ ।

स्थानीय कला,संस्कृति,परम्परालाई पहिचान,उजागर तथा संरक्षण गर्ने उद्देश्य सहित सञ्चालन गरिएको नगर स्थापना दिवस भव्य रुपमा सम्पन्न भएको हो । 

नगर स्थापना दिवसमा नगरभित्रका ९ वटै वडाका स्थानीय कला, संस्कृति, भेषभूषा, परम्परागत नृत्य आदिको झल्को दिने प्रस्तुतिहरुलाई प्राथमिकता दिँदै दिवस मनाइएको नगर प्रवक्ता तथा बडीमालिका ७ का अध्यक्ष धर्मराज पाध्यायले बताए । 

उनका अनुसार,सदूर तथा बाजुराको संस्कृतिलाई प्रमुख प्राथामिकतामा राखेर स्थापना दिवसका अवसरमा सामाजिक परम्परा र संस्कृति झल्किने जस्ता कार्यक्रम गरि दिवस मनाएको बताएका छन् ।

दिवसमा हरिनो नाच,देउडा,विशुपर्वको गाथा,विवाह मागल भाका,भोटेसेलो,भुवा–चाली गौरा–अनन्ते गाथा लगायत परम्परागतको प्रर्दशनी गरिएको थियो । दिवसले सांस्कृतिक सद्भाव, समुदायबीच एकता, र स्थानीय पहिचानको प्रोत्साहन गर्ने उदेश्य राखिएको छ ।

स्थापना दिवसको अघिल्लो दिन कर्मचारीबीच भलिबल प्रतियोगिता आयोजना गरिएको थियो । त्यस्तै दोस्रो दिन साँस्कृतिक प्रस्तुती सहीत देउडा खेल, पुरस्कार र सम्मान कार्यक्रम गरिएको हो ।

कर्मचारी बीचको भलिबलमा पुरुष तर्फ प्राविधिक टिम र महिला तर्फ स्वास्थ्य कर्मीको टिम प्रथम भएको हो।खेलमा प्रथम स्थान ल्याउने दुबै टिम र अरु उत्कृष्ट कर्मचारी, सामाजिक सेवामा सक्रिय व्यक्तित्व र कला कर्मीलाई समेत सम्मानित गरिएको हो ।

११ औं स्थापना दिवसको अवसरमा २२ जना सम्मानित ः

दिवसका अवसरमा विभिन्न पेशा, सेवा र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु-याउँदै आएका २२ जना व्यक्तिहरूलाई नगरपालिकाले सम्मानित गरेको हो ।

नगर कार्यपालिका बैठकले यस वर्षको नगर दिवस कार्यक्रमलाई विशेष बनाउँदै विविध क्षेत्रमा उत्कृष्ट कार्य गरेका व्यक्तिहरूलाई सम्मानित गरिएको नगर प्रवक्ता धर्मराज पाध्याले बताए ।

उनका अनुसार,नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, संस्कृतिको संरक्षण, प्रशासनिक सेवा, व्यवसाय, खेलकुद तथा अन्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका व्यक्तिहरूलाइ सम्मान गरेको हो ।

सम्मानित हुनेमा पत्रकार महासंघ बझाङ बाजुराका संस्थापक अध्यक्ष दयाराम पण्डीत, डाक्टर हिमाल कार्की , इन्जिनियर जंग थापा,करे रावल, शिक्षक धनबहादुर रावल सम्मानित भएका हुन् । त्यस्तै कला क्षेत्र तर्फ महेन्द्र दानी, सुना विक, बिस्ना विष्ट, रामबहादुर थापा, रामचन्द्र पाध्याय, विनोद सिंह,अगं ल्वार, पुने दानी, वडा सचिव अमर भण्डारी सम्मानित भएका छन् ।

त्यस्तै नगरपालिकाका क्रर्मचारी सुषला रावल, तिलक न्यौपाने, सुशीला बुढ्थापा, भक्त बि.क. धन बहादुर रावल, जय बहादुर रावल, गणेश विष्ट ,हिन्दुर बि.क. चक्र रोकाया लगायतका बिभिन्न क्षेत्रमा योगदान गरेका नगरपालिकाले सम्मानित गरेको हो ।

नगरप्रमुख अम्मर खड्काको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अथिती जिल्ला समन्वय समिती प्रमुख तुलसीराम रोकाया रहेका थिए । त्यस्तै कार्यक्रममा नगर उपप्रमुख नन्दा कुमारी थापा,नेपाली काँग्रेस बडीमालिका नगरसभापती गोपाल कार्की,नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाजुरा अध्यक्ष लालबहादुर ओली विशिष्ट अतिथि रहेका थिए ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकिय अधिकृत रंगमल विक,मालिका माध्यमिक विद्यालयका प्राचार्य शुभराज पाध्याय ९ वटै वडाका वडाअध्यक्ष,कार्यपालिका सदस्य,वडासदस्य अतिथि रहेका थिए । कार्यक्रमको संचालन नगर प्रवक्ता तथा ७ का अध्यक्ष धर्मराज पाध्याय र कृषि शाखाका रमेश विकले गरेका थिए ।

यो समाचारमा

भलिबलबडिमालिका नगरपालिकाबाजुरानेपाली काँग्रेस
काठमाडौँ5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...