व्यवस्थापन समिति नबनाउने पालिकाको अनुदान रोक्ने मन्त्री पुनको चेतावनी

Author

सजिलो पत्रिका

२०८२ मंसिर १७, बुधबार

21
Share
Featured
  • शिक्षा मन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगर्ने स्थानीय तहलाई कडा चेतावनी दिँदै, नियम उल्लङ्घन गर्ने पालिकाको संघीय अनुदान रोक्का गर्ने बताएका छन्।
  • व्यवस्थापन समिति नबनाएर विद्यालय मनोमानी ढंगले चलाउँदा शैक्षिक गुणस्तर, पारदर्शिता र अभिभावकको विश्वासमा नकारात्मक असर परेको भन्दै पालिकालाई तुरुन्त प्रक्रिया सुरु गर्न निर्देशन गरिएको छ।
  • मन्त्रालयले निर्देशन अटेर गर्ने पालिकाको नाम संकलन गरिरहेको र अभिभावकलाई आफ्ना क्षेत्रमा भएका अनियमितता सिधै मन्त्रालयलाई खबर गर्न आग्रह गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगरी मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने स्थानीय तहहरूलाई कडा चेतावनी दिएका छन्।  उनले नियमविपरीत चल्ने पालिकाहरूलाई दिइँदै आएको संघीय अनुदान रोक्का गर्ने बताएका हुन्।

मन्त्रालयले जारी गरेको निर्देशनअनुसार समिति गठन नगर्ने पालिकाहरूलाई तत्काल प्रक्रिया सुरु गर्न सूचना जारी गरिएको छ। मन्त्री पुनका अनुसार यस्तो मनपरीले विद्यालयको शैक्षिक गुणस्तर, पारदर्शिता र अभिभावकको विश्वासमाथि गम्भीर असर पारेको छ।

"विद्यार्थीको भविष्यसँग खेलवाड हुने कुनै पनि गतिविधि सह्य हुँदैन," मन्त्री पुनले भने, "नियमअनुसार विद्यालय चलाउन सबै पालिकाले अनिवार्य रूपमा व्यवस्थापन समिति गठन गर्नैपर्छ।"

मन्त्रालयले निर्देशन अटेर गर्ने पालिकाहरूको नाम संकलन गरिरहेको र उनीहरूलाई दिइने संघीय अनुदान रोक्ने प्रक्रिया अगाडि बढाउने स्पष्ट पारेको छ। साथै, मन्त्री पुनले पीडित अभिभावकहरूलाई पनि आ-आफ्नो क्षेत्रमा भएका यस्ता अनियमितता बारे मन्त्रालयमा सिधै जानकारी गराउन आग्रह गरिएको छ।

यो समाचारमा

काठमाडौँमहावीर पुन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...