नेपाली कम्युनिष्ट पार्टीको मधेश प्रदेश स्तरिय एकता संदेश सभा जनकपुरधाममा हुने

Author

सजिलो पत्रिका

२०८२ मंसिर १६, मङ्गलबार

12
Share
Featured
  • नेपाली कम्युनिष्ट पार्टीको मधेश प्रदेश स्तरिय एकता संदेश सभा मंसिर २० गते जनकपुरधाम, तुरहुतिया गाछिमोमा आयोजना हुँदैछ।\
  • सभामा प्रदेशभरिबाट करिब ४० हजार मानिस सहभागी हुने अनुमान गरिएको छ र १६ घटकका नेताहरू देशको परिस्थिती, चुनाव र मधेशका समस्याबारे विचार व्यक्त गर्नेछन्।
  • सभामा विभिन्न पार्टी छोडेर नेपाली कम्युनिष्ट पार्टी प्रवेश गर्ने कार्यक्रम पनि रहनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टीको मधेश प्रदेश स्तरिय एकता संदेश सभा जनकपुरधाममा हुने भएको छ ।

मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत मंसिर २० गत्ते जनकपुरधामको तुरहुतिया गाछिमो मधेश प्रदेश स्तरिय एकता संदेश सभाको आयोजना हुने पार्टीका नेता एवम पूर्व मन्त्री महेन्द्र राय यादवले जानकारी दिए । 

उनले सातै प्रदेशमा एकताको सन्देश पु¥याउने अभियानअन्तर्गत जनकपुरधाममा उक्त सभा हुन लागेको बताए । उनले प्रदेशभरिबाट ४० हजार जति मानिस सहभागी हुने आंकलन गरिएको जानकारी दिए ।

नेता यादवले एकताको यस सन्देश सभामा देशको परिस्थिती, आगामी चुनाव, देशमा विद्यमान समस्याहरुको बारेमा १६ घटकका नेताहरुले आफ्नो विचार राख्ने बताए । सभामा खासगरी मधेशी जनता र मधेश प्रदेशका समस्याहरुबारे पनि शिर्ष नेताहरुले आफ्नो धारणा राख्ने उनले बताए ।

सो सभामा विभिन्न पार्टी परित्याग गरी नेपाली कम्युनिष्ट पार्टी प्रवेश गर्ने कार्यक्रमसमेत रहेको नेता यादवले जानकारी दिए । उनले जनमतलगायत विभिन्न पार्टीका नेता, कार्यकर्ताहरुसंग कुरा भइसहेको र सभा हुने दिन उनीहरुले पार्टी प्रवेश गर्ने जनाए ।

यो समाचारमा

काठमाडौँनेपाली कम्युनिष्ट पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    डा. देवेन्द्रराज पाण्डेको निधनमा राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्। शुक्रबार पाण्डेको निवास विशालनगर पुगेर राष्ट्रपतिका प्रेस सल्लाहकार र स्वकीय सचिवले हस्तान्तरण गरेको सन्देशमा राष्ट्रपतिले पाण्डेलाई 'निर्भीक र सत्यको पक्षपाती निष्ठावान लोकतन्त्रवादी' को संज्ञा दिएका छन्।राष्ट्रपति पौडेलले २०३६ सालमा सरकारी

    Data is loading...

    Loading brands...

    Loading footer...