प्रकृति संरक्षणमै एमालेको पहिलो प्रतिबद्धता रहेको ओलीको दाबी

Author

सजिलो पत्रिका

२०८२ मंसिर १६, मङ्गलबार

14
Share
Featured
  • नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालले वातावरण संरक्षणमा गरेको योगदानको उचित मूल्यांकन नपाएको बताएका छन्।
  • ओलीले एमालेको राजनीति केवल सत्ता–चुनावमा सीमित नभई मानवजाति, वातावरण र इको–सिस्टम संरक्षणतर्फ उन्मुख रहेको बताए।
  • उनले वातावरणीय असन्तुलन, जलवायु अन्याय र वन्यजन्तुको दिगो व्यवस्थापनमा नीति निर्माणको आवश्यकता औंल्याए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले नेपालले वातावरण संरक्षणमा दिएको योगदानको उचित मूल्यांकन नपाएको बताएका छन् ।

वन, वातावरण तथा जलवायु परिवर्तन–सम्बन्धी स्रोत पुस्तिका विमोचन कार्यक्रममा बोल्दै ओलीले एमालेको राजनीति केवल सत्ता–चुनावमा केन्द्रित नभई मानवजाति, वातावरण र समग्र इको–सिस्टमको संरक्षणतिर उन्मुख रहेको बताएका हुन् ।

उनले भने, ‘हाम्रो पहिलो निष्ठा देशवासी र मानवजातिप्रति हो । हामी केवल चुनाव वा सरकारमा मात्र सीमित छैनौँ, मानव जातिलाई आवश्यक सबै पक्षप्रति हाम्रो गम्भीर ध्यान छ । ’

उनले वातावरण, वन, वन्यजन्तु र प्रकृतिमा निर्भर जीव–जन्तुप्रति एमाले पार्टी दृढ रहेको दोहो-याए ।

नेपालको भूभागको ठूलो हिस्सा वन क्षेत्रले ढाकिएको जनाउँदै ओलीले वन्यजन्तुको दिगो व्यवस्थापनका लागि क्षमता अनुसार मात्र संरक्षण नीति अघि सारिनुपर्ने विचार व्यक्त गरे ।

‘हाम्रा वनले धान्ने संख्यामा मात्रै बाघ पाल्नुपर्छ । हौसिने काम गर्नुहुँदैन, हौसियो भने बाघले मान्छे गन्दैन,’ उनले भने ।

वातावरणीय असन्तुलन तथा जलवायु अन्यायको प्रसङ्ग उठाउँदै ओलीले वातावरण जोगाउने मुलुकले भोगिरहेको आर्थिक बोझ र प्रदूषण फैलाउने मुलुकहरूले पाएको फाइदा अन्यायपूर्ण रहेको टिप्पणी गरे ।

‘हामी वातावरण जोगाइरहेका छौँ, तर गरिबी बोकेका छौँ । हामीले तेल किनेरे चलाउनुपर्छ, वातावरण बिगार्नेले अक्सिजन सित्तैमा पाउने यो मुलुकका लागि न्याय होइन,’ उनले भने ।

ओलीले सुरक्षित विश्व, सुरक्षित पृथ्वी र सुरक्षित मानव भविष्यका लागि इको–सिस्टमलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए ।

यो समाचारमा

काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)खड्गप्रसाद शर्मा ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...