हेटौंडामा सडक विस्तार विवाद : सटर नखोली आन्दोलनमा सहभागी हुन आग्रह

Author

सजिलो पत्रिका

२०८२ मंसिर १६, मङ्गलबार

17
Share
Featured
  • हेटौँडामा २५ मिटर सडक विस्तार विवाद बढ्दै जाँदा व्यवसायीहरूले उचित मुआब्जा माग गर्दै बजार बन्द गरी सडकमा शान्तिपूर्ण प्रदर्शन गरे।
  • सडक सीमाङ्कन र मुआब्जामा पारदर्शिता अभाव तथा सरोकारवालाको आवाज बेवास्ता गरिएको भन्दै व्यवसायीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए।
  • प्रशासन र सडक डिभिजनले भने कानूनी प्रक्रिया अनुसार सडक विस्तार अघि बढाउने बताइएपछि बजार क्षेत्रको सुरक्षा कडा बनाइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

हेटौंडामा जारी २५ मिटर सडक विस्तारको विवाद चर्किँदै जाँदा आज बजारका अधिकांश व्यवसायीहरूले व्यापारिक गतिविधि पूर्ण रूपमा बन्द गरी सडकमा प्रदर्शन गरेका छन् ।

सडक सीमाङ्कनका कारण विस्थापित हुने जोखिममा परेका व्यापारी र घरधनीहरू उचित मुआब्जा बिना सडक विस्तार अघि बढाउन नपाइने मागसहित आन्दोलनमा उत्रिएका हुन् ।

सडक विस्तारको १५ दिने सार्वजनिक सूचना सकिन अब चार दिन मात्र बाँकी रहेका बेला आन्दोलनलाई थप प्रभावकारी बनाउन व्यापारिक समूदाय सक्रिय देखिएको छ ।

आन्दोलनकारीहरूले सटर नखोली सडकमा शान्तिपूर्ण विरोध प्रदर्शन गरे पनि केही व्यवसायी र घरधनीहरूले भने सटर खोलेर व्यापार सञ्चालन गरेको भन्दै उनीहरूलाई पनि एकताको बल देखाई सटर बन्द गरेर सडकमा उत्रिन आग्रह गरिएको छ ।

आन्दोलनकारी व्यवसायीहरूको भनाइमा, ‘हेटौडाको भविष्य सुरक्षित राख्न, न्यायपूर्ण मुआब्जा प्राप्त गर्न र मनपरी निर्णय रोक्न सबै प्रभावितले एउटै आवाज उठाउनुपर्ने आवश्यकता छ । आजको आन्दोलन हामी सबैको अधिकारको रक्षा गर्न हो, केहीको लागि मात्र होइन ।’

सडक विस्तारको प्रक्रियामा पारदर्शिता अभाव, मुआब्जा निर्धारणमा स्पष्टता नहुनु र सरोकारवालाको आवाजलाई बेवास्ता गरिएको आरोपसहित व्यवसायीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

यसैबीच, हेटौडा बजार क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने सडक डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालयले भने कानूनी प्रक्रिया अनुसारै काम अघि बढाइने फेरि दोहोर्याएका छन् ।

यो समाचारमा

काठमाडौँहेटौंडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    परराष्ट्रमन्त्रीसँग अतिरिक्त सचिव महावरको शिष्टाचार भेट

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले आज उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन्।त्यस अवसरमा उनीहरूबीच नेपाल–भारतबीच पारस्परिक हितका विविध क्षेत्रमा रहेको निकट तथा दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।त्यसैगरी, परराष्ट्रसचिव अमृतबहादुरराईसँग पनि उनले आजै भेट गरे ।

    Data is loading...

    Loading brands...

    Loading footer...