तीन सवारीसाधन एक आपसमा ठोक्किदा चालकसहित सात जना घाइते

Author

सजिलो पत्रिका

२०८२ मंसिर १६, मङ्गलबार

48
Share
Featured
  • रौतहटमा दुई भारतीय स्कार्पियो र एक अटो एकआपसमा ठोक्किँदा चालकसहित सात जना घाइते भए।
  • दुर्घटनाले सडकछेउको विजय साहको होटलमा समेत क्षति पुर्‍यायो, घाइतेहरूलाई उपचारपछि डिस्चार्ज गरिएको छ।
  • तीनै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान जारी छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

रौतहटमा तीन सवारीसाधन एक आपसमा ठोक्किदा  चालकसहित सात जना घाइते भएका छन् । 

दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बरहर्वा भएको हुलाकी सडक हुँदै बम नहर तर्फ जाँदै गरेको एचआर २८ डि ७२२२ नम्बरको भारतीय स्कार्पियोले चन्द्रनिगाहपुरबाट गौरतर्फ गइरहेको बिआर ०७ पिए ७५८४ नम्बरको भारतीय स्कार्पियोलाई ठक्कर दिएको थियो । 

स्कार्पियोमा ठक्कर दिएपछि सोही स्थानमा रोकिएको ना २ ह ६५२५ नम्बरको अटोमा समेत ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्णु प्रदिप बस्यालका अनुसार सवारी दुर्घटनाका कारण सडकछेउमा रहेको विजय साहको होटलमा समेत क्षति पुगेको छ  । 

बारा आदर्श कोतवाल गाउँपालिका वडा ७ का ३० वर्षीय पवन यादव,  सर्लाही बरहथवा नगरपालिका वडा नं. १४ का ११ वर्षीय अंकित महतो,  गौर नगरपालिका वडा नं. २ का २४ वर्षीय सुरेन्द्र कुमार साह, राजदेवी नगरपालिका वडा नं. ८ का ५० वर्षीय शिवजी साह, ५२ वर्षीय रामदयाल साह, अटो चालक यमुनामाई गाउँपालिका वडा नं. ५ का ३९ वर्षीय मंगल पटेल र अटोमा सवार राजपुर फरहदवा नगरपालिका वडा नं. ३ का १० वर्षीय तारिक वस्ता घाइते भएको डिएसपी बस्यालले बताए । गौर–चन्द्रनिगाहपुर सडकखण्डअन्तर्गत पर्ने बम नहर चौक नजिक मंगलबार बिहान सवारी दुर्घटना भएको थियो । 

घाइतेहरुको प्रादेशिक अस्पताल गौरमा उपचार पश्चात् डिस्चार्ज गरिएको र दुर्घटनामा संलग्न तीनै सवारी साधनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो समाचारमा

आदर्श कोतवाल गाउँपालिकाबरहथवा नगरपालिकागौर नगरपालिकाबारा
काठमाडौँ10 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...