लुम्बिनीमा ‘विश्व शान्ति कार्यक्रम’ हुँदै, २५ अर्बपतिसहितका प्रतिनिधिहरु आउने

Author

सजिलो पत्रिका

२०८२ मंसिर १६, मङ्गलबार

15
Share
Featured
  • मंसिर २४–२६ मा लुम्बिनीमा तेस्रो ‘विश्व शान्ति कार्यक्रम’ हुँदैछ, जसमा २५ जना अर्बपतिसहित १० हजारभन्दा बढी सहभागी आउने अपेक्षा छ।
  • विभिन्न देशका पूर्वप्रधानमन्त्री, व्यावसायिक नेताहरू, सांस्कृतिक दूत तथा विद्वानहरूको उल्लेखनीय उपस्थिति रहनेछ।
  • कार्यक्रममा शान्ति, जलवायु परिवर्तन, विकास, सामाजिक न्याय आदि विषयमा छलफल हुनेछ र डिसेम्बर १२ मा रामग्राम स्तुपामा दीप अर्पण समारोह हुनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बुद्धको जन्मस्थल लुम्बिनीमा यही मंसिर २४ गतेदेखि २६ गतेसम्म तेस्रो ‘विश्व शान्ति कार्यक्रम’ आयोजना हुँदैछ ।  

मंगलबार पत्रकार सम्मेलन गर्दै यस वर्षको कार्यक्रममा सहभागी हुन विभिन्न देशका २५ जना अर्बपति लुम्बिनीमा आउन लागेको आयोजकले जानकारी दिएको हो । 

कार्यक्रममा संयुक्त राष्ट्र संघका सांस्कृतिक राजदूतहरू, विश्वव्यापी व्यापारिक नेताहरू, विद्वानहरू, कलाकारहरू, युवाहरू, सामुदायिक प्रतिनिधिहरू र फच्र्यून जेनेरेसनका २५ अर्बपतिहरूको प्रतिनिधिमण्डलसहित १० हजार भन्दा बढी सहभागीहरूले पहिलो पटक एकसाथ नेपाल भ्रमण गर्ने अपेक्षा रहेको छ । 

उनका अनुसार कार्यक्रममा भारत केरलास्थित सिगल इन्टरनेसनल ग्रुपका अध्यक्ष डाक्टर सुरेशकुमार मधुसुधान, स्वतन्त्र स्लोभेनियाका प्रथम प्रधानमन्त्री तथा युरोपेली संसदका पूर्व सदस्य लोज्जे पिटरले, इथियोपियाका पूर्वप्रधानमन्त्री ताम्रत लेन, युएई र भारतमा व्यापार गर्दै आएका इराम होल्डिङ्सका डाक्टर सिद्दिक अहमदलगायतका व्यक्तिहरूको समेत सहभागी हुनेछन्।

तीन दिनसम्म चल्ने यस कार्यक्रममा शान्ति, जलवायु परिवर्तन, विकास, आन्तरिक कल्याण र सामाजिक न्याय, व्यावहारिक शान्ति निर्माण, दैनिक नेतृत्व र स्थानीय शासनमा केन्द्रित युवा जस्ता विषयमाथि छलफल तथा बहस हुनेछ । 

त्यस्तै, डिसेम्बर १२ मा रामग्राम स्तुपामा एक प्रमुख दीप अर्पण समारोह हुनेछ, जहाँ हजारौं दीप र शान्तिको लागि प्रार्थनाले रातको आकाशलाई उज्यालो पार्नेछ ।

यो समाचारमा

लुम्बिनीभारतकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...