बाजुराको स्वास्थ्य समस्या सुधारको माग राख्दै हेमराज थापाले मन्त्री शर्मालाई बुझाए ज्ञापन

Author

सजिलो पत्रिका

२०८२ मंसिर १६, मङ्गलबार

15
Share
Featured
  • सामाजिक अभियन्ता हेमराज थापाले जिल्ला अस्पताल बाजुराको विशेषज्ञ चिकित्सक र उपकरण अभावको समस्याबारे स्वास्थ्य मन्त्री सुधा गौतमलाई ज्ञापनपत्र बुझाए।
  • अस्पतालमा जनरल सर्जन, फिजिसियन, बालरोग विशेषज्ञ, भेन्टिलेटर, स्पिनल ट्राक्सन मेसिन, ब्लड बैंक सेवा लगायतका सुविधा तुरुन्त उपलब्ध गराउन माग गरिएको छ।
  • मन्त्री गौतमले दुर्गम क्षेत्रको समस्या प्राथमिकतामा राखी आवश्यक समन्वय गरी अस्पताल सुधारका लागि कदम चाल्ने प्रतिवद्धता व्यक्त गरिन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जिल्ला अस्पताल बाजुराको स्वास्थ्य समस्या सुधारका निम्ति बाजुराका सामाजिक अभियान्ता हेमराज थापा नेतृत्वको टोलीले स्वास्थ्यमन्त्री डाक्टर सुधा गौतमलाई ज्ञापन पत्र बुझाएका छन् ।

अस्पताल बाजुराको स्वास्थ्य समस्या तत्काल समाधान गर्न माग राख्दै उनीहरुले मन्त्रालयमै पुगेर स्वास्थ्यमन्त्री समक्ष ज्ञापनपत्र बुझाएका हुन् । बाजुराको विकास, समृद्धि तथा यहाँका हरेक समस्याहरुको उठान गर्दै आएका सामाजिक अभियन्ता थापाले तत्काल समस्या समाधान हुनुपर्ने बताएका छन् । 

अस्पताल बाजुरामा विशेषज्ञ चिकित्सक र उपकरणको अभावमा सेवा प्रवाहमा समस्या हुँदा यहाँका नागरिकलाई स्वास्थ्य उपचारमा असहज भइरहेको भन्दै मन्त्री गौतमको ध्यानाकर्षण समेत गराएका छन् ।

विशेषज्ञ चिकित्सक, आधुनिक उपकरणसहितको व्यवस्था हुनुपर्ने माग गरिएको छ। 

बाजुरा जिल्लाका स्वास्थ्य समस्या सुधारका निम्ति र जिल्ला अस्पताल  बाजुरामा आवश्यक विशेषज्ञ डक्टर र मेडिकल उपकरण उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयमा पुगेर स्वास्थ्य मन्त्रीको ध्यानकर्षण सहित बाजुराका समस्या बारे छलफल गरिएको अभियान्ता थापाले जानकारी दिए ।

जिल्ला अस्पतालमा पर्याप्त विशेषज्ञ जनशक्ति, औषधि उपकरणको अभावमा यहाँका नागरिकहरुले समस्या भोगिरहेको र गुणस्तरीय स्वास्थ्य सेवा नपाएकोले तत्काल समस्या समाधान गर्न माग गरिएको थापाको भनाइ छ ।

अस्पतालमा जनरल सर्जन, फिजिसियन, बालरोग विशेषज्ञ, उपकरणमा भेन्टिलेटर, फिजियोथेरापीका लागि स्पिनल ट्राक्सन मेसिन, ब्लड बैंक सेवा विस्तार तथा आवश्यक जनशक्ति र सामग्रीको व्यवस्था गर्न माग गरिएको ज्ञापनपत्रमा उल्लेख छ । 

यता स्वास्थ्यमन्त्री गौतमले दुर्गम बाजुराक नागरिकको स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै समस्या समाधान गरिने बताइन् ।

उनले यहाँका स्थानीय सरकारसँग कुरा गरेर आवश्यक समन्वय तथा सहकार्यको बाटो अपनाईने बताएकी हुन्। साथै अस्पतालको सुधार तथा बाजुराका समस्या अगाडि बढाउन आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी हुन्।

यो समाचारमा

काठमाडौँबाजुरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...