पछिल्लो नौ वर्षमा एड्सबाट हुने मृत्युदरमा ६२ प्रतिशतले कमी

Author

सजिलो पत्रिका

२०८२ मंसिर १५, सोमबार

17
Share
Featured
  • एआरटी औषधीको पहुँच बढेसँगै २०१५–२०२४ बीच एड्स–सम्बन्धी मृत्युदर ६२% र नयाँ संक्रमण ३२% ले घटेको डब्लुएचओले जनाएको छ।
  • एचआईभी भएका व्यक्तिमध्ये ७४% उपचारमा र ७२% ले भाइरल दमन हासिल गरेका छन्, तर ‘९५–९५–९५’ लक्ष्य पुग्न अझै चुनौती छ।
  • दक्षिण–पूर्व एसियामा एचआईभीको बोझ उच्च रहँदा जोखिम समूह र युवामा संक्रमणदर बढी छ, र उपचार तथा सेवाको पहुँच देशअनुसार फरक छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

एड्स रोग नियन्त्रण गर्न प्रयोग गरिने औषधी एआरटिको प्रयोगका कारण पछिल्लो नौ वर्षमा एड्स रोगबाट हुने मृत्युदर ६२ प्रतिशतले कम भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

डब्लुएचओका अनुसार एआरटिको पहुँच र सेवा विस्तारका कारण सन २०१५ देखि २०२४ सम्म एड्स सम्बन्धी रोगबाट हुने मृत्युदरमा ६२ प्रतिशतले कमी आएको हो भने नयाँ संक्रमण ३२ प्रतिशतले कम भएको छ ।

हाल एचआईभी भएका व्यक्तिहरूमध्ये ८५ प्रतिशतले आफ्नो अवस्था थाहा पाएका छन् । जस मध्ये ७४ प्रतिशत (करिब २.७ मिलियन) उपचारमा छन् र ७२ प्रतिशतले भाइरल दमन हासिल गरेका छन् । तर, यी प्रगतिहरू विश्वव्यापी ‘९५–९५–९५’ लक्ष्यसम्म पुग्न अझै पर्याप्त छैन ।

डब्लुएचओका अनुसार दक्षिण–पूर्व एसिया क्षेत्रमा एचआइभीको बोझ अझै उच्च छ । गत वर्ष ८८,००० नयाँ संक्रमण भएका थिए भने करिब ५०,००० व्यक्तिको एचआइभी सम्बन्धी रोगका कारणले मृत्यु भयो । वर्तमानमा करिब ३.५ मिलियन मानिस एचआइभी सँग जीवन यापन गरिरहेका छन् ।

यी चुनौतीहरू हेपाटाइटिस बी (४२ मिलियन), हेपाटाइटिस सी (७ मिलियन) र यौन संक्रमण (६० मिलियन) का साथ थप जटिल बनेका छन् । संवेदनशील समूहहरू विशेष गरी जोखिममा छन् । पुरुष–पुरुष यौन सम्पर्क गर्ने, औषधि सुई प्रयोग गर्ने, ट्रान्सजेन्डर र सेक्स कामदार तथा उनीहरूको साझेदारहरूको एचआइभी संक्रमण दर उच्च रहेको छ । १५–२४ वर्षका युवाहरूले नयाँ संक्रमणको करिब एक चौथाइ हिस्सा ओगटेका छन् ।

हाल २६,००० गर्भवती महिलाले ८८ प्रतिशत एचाभी प्राप्त गरेका छन्, तर राष्ट्रिय स्तरमा पहुँच ७१ प्रशान्त देखि ९८ प्रतिशत सम्म फरक छ । ६९,००० बालबालिकामा ९३ प्रतिशथले एआरटि पाएका छन्, तर देश अनुसार उपचार पहुँच ६७ प्रतिशत देखि ९८ प्रतिशत सम्म फरक रहेको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...