एड्सको अन्त्य गर्न स्वास्थ्यमन्त्री डा. गौतमको आह्वान

Author

सजिलो पत्रिका

२०८२ मंसिर १५, सोमबार

15
Share
Featured
  • सन् २०३० सम्म एड्स महामारी अन्त्य गर्ने लक्ष्य मा सबैलाई एकजुट हुन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले आह्वान गरिन्।
  • नेपालले ९०-८८-७६ प्रगति हासिल गर्दै ९५-९५-९५ लक्ष्यतर्फ अघि बढिरहेको छ (९०% ले अवस्था थाहा पाएका, ८८% उपचारमा, ७६% मा भाइरल लोड नियन्त्रण)।
  • नेपालमा हाल ३४,३३७ एचआईभी सङ्क्रमित रहेको अनुमान छ, र दैनिक औसत १.७ नयाँ संक्रमण देखिन्छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले सन् २०३० सम्ममा एड्स महामारी अन्त्य गर्ने लक्ष्यमा सबैलाई एकजुट हुन आह्वान गरेकी छन्। विश्व एड्स दिवसको अवसरमा उनले नेपालले एड्स नियन्त्रणमा उल्लेख्य प्रगति हासिल गरेको बताइन्।

मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०१० को तुलनामा सन् २०२४ सम्म आइपुग्दा नेपालमा एचआईभीको नयाँ संक्रमण दर र एड्सका कारण हुने मृत्युदर दुवै ७६ प्रतिशतले घटेको छ।

मन्त्री गौतमले ९५-९५-९५ को विश्वव्यापी लक्ष्य हासिल गर्न सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताइन्। जसअनुसार हालसम्म नेपालले ९० प्रतिशत सङ्क्रमितले आफ्नो अवस्था थाहा पाएको, तीमध्ये ८८ प्रतिशत उपचारको पहुँचमा रहेको र उपचारमा रहेकामध्ये ७६ प्रतिशतको भाइरस नियन्त्रणमा रहेको तथ्याङ्क छ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार हाल नेपालमा ३४ हजार ३३७ जना एचआईभी सङ्क्रमित रहेको अनुमान छ भने दैनिक औसत १.७ जनामा नयाँ सङ्क्रमण देखिने गरेको छ।

यो समाचारमा

डा. सुधा शर्मा गौतमकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...