हिंसा विरुद्धको आवाज बनेकी रागनी यादव देशकै उत्कृष्ट प्रहरी घोषित

Author

सजिलो पत्रिका

२०८२ मंसिर १४, आइतबार

15
Share
Featured
  • रौतहटकी प्रहरी सहायक निरीक्षक रागनी कुमारी यादवलाई महिला हिंसा रोकथाम र सेवा–कर्ममा उत्कृष्ट योगदानका लागि ‘सर्वोत्कृष्ट प्रहरी–२०८१-८२’ घोषित गरिएको छ।
  • रागनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको प्रमुख भएर हिंसा पीडितलाई तत्काल उद्धार, कानुनी सहयोग र मनो–सम्बोधन उपलब्ध गराउँदै सक्रिय रूपमा सेवा दिएकी छिन्।
  • प्रहरी महानिरीक्षकले उनलाई ४० हजार रुपैयाँ, प्रशंसा–पत्र र ट्रफी प्रदान गर्दै सम्मान गरेका छन्; अन्य प्रतिष्पर्धीलाई पनि पुरस्कार वितरण गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


महिला हिंसा रोकथामलाई घर–घरमा पु-याउने संकल्पसहित सेवा–कर्ममा जुटेकी रौतहटकी प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमारी यादव यो वर्षको ‘सर्वोत्कृष्ट प्रहरी–२०८१-८२’ घोषित भएकी छिन् । देशभरिका हजारौँ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हासिल गरेकी हुन् ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन समारोहमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले रागनीलाई ४० हजार रुपैयाँ, प्रशंसा–पत्र र ट्रफी प्रदान गर्दै सम्मान गरे। इलाका प्रहरी कार्यालय गरुडामा दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत रागनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको प्रमुख जिम्मेवारी सम्हाल्दै हिंसा पीडितलाई तत्काल उद्धार, कानुनी सहयोग र मनो–सम्बोधन उपलब्ध गराउँदै आएकी छन् ।

समितिका एक सदस्यका अनुसार, ‘रागनीले उजुरी दर्ता गरेर केवल फाइल सम्हाल्ने काम गरेनन्, उनले पीडितको जीवन फर्काउने अभियान नै चलाइन् ।’

मधेसको साधारण परिवारबाट प्रहरी सेवामा प्रवेश गरेकी रागनीको सफलताले महिलाले चाहेमा नेतृत्व र सेवामा उत्कृष्टता हासिल गर्न सकिने सन्देश दिएको प्रहरी अधिकारीहरूको भनाइ छ । 

सम्मान ग्रहण गर्दै उनले भनिन्, ‘यो मान्यता मेरो व्यक्तिगत उपलब्धि मात्र होइन, हिंसा पीडितको आवाज बनेर काम गर्ने सम्पूर्ण प्रहरीको साझा मेहनत हो ।’

प्रतियोगितामा दोस्रो हुने प्रहरी जवान शान्ता खत्रीले ३० हजार रुपैयाँ र तेस्रो हुने प्रहरी हवलदार उमा तामाङले २० हजार रुपैयाँसहित सम्मान पाए । यस्तै, प्रहरी नायब निरीक्षक पूर्णिमा थापा र प्रहरी सहायक निरीक्षक साजना प्रसाईँलाई जनही १० हजार रुपैयाँको सान्त्वना पुरस्कार प्रदान गरिएको छ ।

गत आर्थिक वर्ष २०८१-८२ मा देशभरका महिला–बालबालिका सेवा केन्द्रहरूमा कार्यरत प्रहरी कर्मचारीको कार्यसम्पादन मूल्यांकनका आधारमा यो पुरस्कार प्रदान गरिएको हो ।

यो समाचारमा

काठमाडौँरौतहट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, ब्रान्डिङ र बजार विस्तारका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारीहरूसँगको छलफलमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।प्रधानमन्त्री शाहले आयात प्रतिस्थापन र रोजगारी सिर्जनाका लागि सरकारले

    Data is loading...

    Loading brands...

    Loading footer...